जितसँगै शीर्ष स्थानमा उक्लियो आर्सनल


२२ चैत्र २०८०, बिहीबार
arsanal

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत आर्सनलले लुटन टाउनलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्ड र डैकी हाशीओकाले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलको ३० खेलमा ६८ अंक रहेको छ । त्यसैगरी एक खेल कम खेलेको लिभरपुलको २९ खेलमा ६७ अंक रहेको छ । त्यसैगरी लुटन टाउनको भने ३१ खेलमा २२ अंक रहेको छ र लिगमा १८औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७