लापोर्टेको निर्णायक गोलमा अल नासर विजयी


२४ चैत्र २०८०, शनिबार
nassr.jpg 6

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले डामकलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा अल नासरले डामकलाई १–० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा खेलको ९१औं मिनेटमा आयमेरिक लापोर्टेले निर्णायक गोल गरेका थिए ।

यसअघि लगातार दुई खेलमा ह्याट्रिक गरेका क्रिस्टियानो रोनाल्डो यस खेलमा सब्सटिच्यूटको रुपमा मैदानमा आएका थिए । यो जितपछि अल नासरको २७ खेलमा ६५ अंक भएको छ र शीर्ष स्थानमा रहेको अल हिलालभन्दा १२ अंकले पछाडि रहेको छ । त्यसैगरी डामकको भने २७ खेलमा ३५ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७