मुख्यमन्त्री खगराजले तीन सदस्यीय मन्त्रिपरिषद बनाउँदै, मनाङे पाँचौं पटक मन्त्री बन्दै


२५ चैत्र २०८०, आईतवार
Deepak manage
फाइल फोटो

पोखरा । गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री एमाले संसदीय दलका नेता खगराज अधिकारीले सानो आकारको मन्त्रिपरिषद गठनको तयारी थालेका छन् ।

दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीले आफूसँगै दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् । उनले नेकपा माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

चैत ५ सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री बनेका मनाङे सरकार परिवर्तनसँगै पुनः मन्त्री बन्न लागेका हुन् । माओवादीबाट भने हालसम्म टुंगो नलागेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । दीपक मनाङे पाँचौँ पटक मन्त्री बन्न लागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७