सर्लाही बसबरियामा भीषण आगलागी : ६ घर जलेर खरानी, ५ वटामा आंशिक क्षति


२६ चैत्र २०८०, सोमबार
fire

सर्लाही । सर्लाहीको बसबरीया गाउँपालिका–३ बंगलवामा आगलागी हुँदा घर पूर्ण रुपमा र पाँच वटा आंशिक रुपमा जलेका छन् । आगलगीमा परी विन्देश्वर माझी, नरेश राय, नारायण माझी, रामविश्वास माझी, दिनेश माझी र जोकु माझिको फुसको घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

fire sarlahi

आगलागी कसरी भएकोबारे खुल्न सकेको छैन । रामविश्वास माझीको घरबाट आगो सल्केको थियो । रामविश्वासको घरमा राखेको ग्याँस सिलिण्डर पड्किदाँ आसपासको घरमा आगो फैलिएको हो । आगलगीबाट भएको क्षतिकझ विषयमा विवरण संकलन भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

आंशिक क्षति भएको घरको विवरण पनि अहिले संकलन भइरहेको श्रेष्ठले बताए । आगोलाई मलंगवा नगरपालिका र हरिवन नगरपालिकाबाट पुगेको बारुण यन्त्रले नियन्त्रणमा लिएको छ । गर्मी बढेसँगै तराई मधेसमा आगलगीको जोखिम बढेको स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७