आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत ‘क्यास ब्याक’


२७ चैत्र २०८०, मंगलवार
ime pay 1711888209

काठमाडौं । आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउने छन् ।

चैत ६ गतेदेखि जेठ मसान्तसम्म तीन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सञ्जालमा सार्वजनिक गरिने छ । जसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको १०० प्रतिशत क्यास ब्याक पाउने छन् ।

दोस्रो विजेताले द लेकसाइड रिट्रिट–पोखराको प्याकेज जित्न सक्ने छन् भने तेस्रो विजेताले चन्द्रागिरी हिल्स रिसोर्टको प्याकेज जित्ने मौका पाउने छन् । यसको साथै आइएमई पेमार्फत टिकट खरिद गर्ने ग्राहकहरूले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७