भाजपाले लोकसभा चुनाव हेर्न २५ देशका पार्टीलाई बोलायो, चीनसहित तीन देशलाई दिएन निम्तो


२९ चैत्र २०८०, बिहीबार
bhajapa 2024 04 11 09 04 32

नयाँदिल्ली । भारतमा अप्रिल १९ देखि सुरु हुने लोकसभा चुनावका बीच भाजपाले विश्वभरका २५ राजनीतिक दललाई आमन्त्रण गरेको छ । द इन्डियन एक्सप्रेसका अनुसार जसको उद्देश्य भारतको चुनावी प्रक्रिया र बीजेपीको चुनावी रणनीति विदेशी दलहरूलाई बुझाउनु रहेको छ ।

पार्टी प्रमुख जेपी नड्डाले सुरु गरेको ‘भाजपा जान्नुहोस्’ पहल अन्तर्गत भाजपाले यो कदम उठाएको हो । निमन्त्रणा प्राप्त विदेशी दलहरूमा बेलायतको कन्जरभेटिभ र लेबर पार्टी, जर्मनीको क्रिस्चियन डेमोक्र्याट र सोसल डेमोक्र्याट पार्टी, बंगलादेशको अवामी लिग पार्टीसहित नेपाल र श्रीलंकाका प्रमुख राजनीतिक दलहरू पर्छन् ।

समाचार अनुसार अहिलेसम्म १३ राजनीतिक दलले भाजपाको निमन्त्रणा स्वीकार गरिसकेका छन् । यस अवधिमा भाजपाले पाकिस्तान, चीन र अमेरिकाका दलहरूलाई भने निम्तो दिएको छैन । बीजेपीका एक नेताले द इन्डियन एक्सप्रेसलाई भने, ‘अमेरिकामा पनि यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुन लागेको छ । यस्तो अवस्थामा डेमोक्रेटिक र रिपब्लिकन पार्टीहरू यसमा व्यस्त छन् । यस बाहेक अमेरिकाको लोकतान्त्रिक संरचना भारतको भन्दा धेरै फरक छ । यसैलाई ध्यानमा राखेर अमेरिकालाई निम्तो दिइएको छैन ।’

मोदी–शाहको जुलुसमा विदेशी दलका नेताहरु पनि सहभागी हुन सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जहाँ बंगलादेशमा विपक्षी दल बीएनपीले सुरु गरेको ‘इन्डिया आउट’ अभियानका कारण प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई मात्रै भारतमा आमन्त्रण गरिएको छ । रिपोर्टका अनुसार मेमा हुने लोकसभा चुनावको तेस्रो–चौथो चरणमा विदेशी दलका प्रतिनिधिहरू भारत आउन सक्ने छन् ।

यस क्रममा उनीहरुलाई भारतको निर्वाचन प्रक्रिया, राजनीतिक संरचना र राजधानी दिल्लीमा भाजपाको बारेमा जानकारी दिइनेछ । त्यसपछि ५–६ जना पर्यवेक्षकसहितको समूह बनाइने छ । उनीहरुलाई विभिन्न निर्वाचन क्षेत्रका पार्टी नेताहरुसँग परिचय गराइने छ । यसबाहेक प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र पार्टी प्रमुख नड्डा जस्ता शीर्ष भाजपा नेताहरूको ¥यालीमा पनि सहभागी हुन सक्छन् । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७