जिल्ला अधिवेशनमा हस्तक्षेप भएको भन्दै ओखलढुङ्गा एमालेका निवर्तमान अध्यक्षले छाडे पार्टी


२९ चैत्र २०८०, बिहीबार
okhaldinga

ओखलढुङ्गा । नेकपा एमाले ओखलढुङ्गाका पूर्व जिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छोडेका छन् । जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन् ।

पार्टीबाट राजीनामा दिँदै उनले भनेका छन्, ‘दशौं जिल्ला अधिबेशनमा जे जस्ता रबैया र गतिबिधिहरु देखियो । जुन खालका आरोप–प्रत्यारोपको होडवाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले मेरो ३४ बर्षको राजनैतिक जीवनमा यस्तो विधि र पद्धतिविहीनता अनुभूति गरेको थिइनँ ।’

उनले भनेका छन्, ‘अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनैतिककर्मिको भविष्य बन्छ ,न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ । यहि कुरालाई महसुस गरी मैले ओखलढुङ्ग जिल्ला पार्टी इञ्चार्ज क.खगेन्द्र राईमार्फत मिति २०८०-१२-२७ गते बेलुका ६ बजे नै पार्टी परित्याग गरेको राजीनामा पठाइसकेको छु । आजबाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु ।’ बुधबार सकिएको एमाले ओखलढुङ्गको अधिवेशनले ज्ञानबहादुर (जिबी) खड्कालाई अध्यक्षमा चुनेको थियो । उनले हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७