पेरिस ओलम्पिक्समा एथलेटिक्सका स्वर्ण बिजेताले ५० हजार डलर पाउने


३० चैत्र २०८०, शुक्रबार
paris olimps2024 04 12 07 04 44

पेरिस । विश्व एथलेटिक्सले पेरिस ओलम्पिक २०ं२४ मा स्वर्ण पदक विजेताहरूलाई ५० हजार अमेरिकन डलर पुरस्कार दिने भएको छ । विश्व एथलेटिक्स (डब्लु ए) पेरिस २०२४ खेलकुदमा ओलम्पिक स्वर्ण पदक विजेतालाई पुरस्कार राशि प्रदान गर्ने पहिलो अन्तर्राष्ट्रिय खेलकुद प्रशासकीय निकाय हुने पनि जनाइएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको राजस्व बाँडफाँडबाट विश्व एथलेटिक्सले प्रत्येक चार वर्षमा खेलाडीहरूलाई पुरस्कृत गर्ने रकमबाट २.४ मिलियन डलरको कोष खडा गरेको छ । जसअनुसार पेरिसमा हुने ४८ ट्रयाक एण्ड फिल्ड इभेन्टमा स्वर्ण जित्ने खेलाडीले ५० हजार अमेरिकन डलर पाउने छन् । रिले टोलीहरूले एथलीटहरू बीच साझा गर्न समान रकम प्राप्त गर्नेछन् ।

‘ओलम्पिक स्वर्ण पदक विजेताहरूका लागि पुरस्कार राशिको परिचय विश्व एथलेटिक्स र समग्र रूपमा एथलेटिक्सको खेलको लागि महत्वपूर्ण क्षण हो, एथलीटहरूलाई सशक्त बनाउने र कुनै पनि ओलम्पिक खेलको सफलतामा उनीहरूले खेल्ने महत्वपूर्ण भूमिकालाई मान्यता दिने हाम्रो प्रतिबद्धतालाई जोड दिन्छ,’ अध्यक्ष सेबास्टियन कोइले एक विज्ञप्ति जारी गर्दै भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७