गैरजापानिज विश्व सुमो च्याम्पियन अकेबोनोको मृत्यु


३० चैत्र २०८०, शुक्रबार
sumo champion

टोकियो । अमेरिकामा जन्मेका पूर्व सुमो कुस्ती च्याम्पियन अकेबोनोको निधन भएको छ । उनको परिवारले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टी गरेको हो ।

अन्य विदेशी सुमो रेस्लरहरूको लागि प्रेरणादायी मानिने ५४ वर्षीय ती खेलाडीको जापानको एक अस्पतालमा हृदयघातका कारण मृत्यु भयो । हवाईमा चाड जर्ज हाआहेओ रोवानमा जन्मेका अकेबोनो पहिलो गैरजापानी योकोजुना बनेका थिए, जो एक सुमो ग्रान्ड च्याम्पियन समेत हुन् । सो बिधाको खेलकुदमा उनी उच्चतम श्रेणीका खेलाडी मानिन्थे । ‘दुःखका साथ हामी घोषणा गर्दछौं कि टोकियो क्षेत्रको अस्पतालमा हेरचाह गर्ने क्रममा अकेबोनो तारोको यस महिनाको सुरुमा हृदयघातका कारण मृत्यु भयो,’ उनको परिवारले जापानमा अमेरिकी सेनामार्फत एक विज्ञप्तिमार्फत भने ।

उनले ६४ औं योकोजुनाको रूपमा सुमो बुमको नेतृत्व गरे र ११ च्याम्पियनशिप जित्नेसहित धेरै उपलब्धिहरू हासिल गरेका थिए,’ जारी बिज्ञप्तिमा भनिएको छ । उनले सन २००१ मा सुमोबाट अवकाश लिएका थिए । जापान सुमो एशोसिएसनका अनुसार अकेबोनोलाई सन २०१७ मा कुस्ती खेलपछि अस्पताल लगिएको थियो र त्यसयता उनी अस्वस्थ थिए । उनका श्रीमती, छोरी र दुई छोरा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७