९० वर्षीय मोहनविक्रम सिंह फेरि बने मसालको महामन्त्री


३० चैत्र २०८०, शुक्रबार
mohan bikram shingh

काठमाडौँ । नौं दशक उमेरका मोहनविक्रम सिंह पुनः नेकपा (मसाल) को महामन्त्री चयन भएका छन् । केही दिनअघि भूमिगत रुपमा काठमाडौँमा भएको मसालको नवौं महाधिवेशनबाट ९० वर्षीय सिंह पुनः पार्टीको महामन्त्रीमा चुनिएका हुन् ।

सिंह गएको ४० वर्षदेखि एकछत्र रुपमा मसालको महामन्त्री छन् । सिंहले २०५७ सालमा ६५ वर्षको उमेरमा पार्टीकै कार्यकर्ता दुर्गा पौडेलसँग दोस्रो विवाह गरेका थिए । मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधिसभा सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७