स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ


१ बैशाख २०८१, शनिबार
mo

रौतहट । रौतहटको सदरमुकाम गौरबाट स्रोत नखुलेको ११ लाख १५ हजार रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका–१ का ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाललाई ११ लाख १५ हजार ७ सय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता एवम डीएसपि एलिजा गिरीले जानकारी दिइन् । उनका अनुसार जैसवाल गौरबजार नजिक साइकलमा आउँदै गरेका थिए ।

बरामद रकममध्ये १ हजारको नोट ११ सय थान, ५ सयको नोट ३० थान र १ सयको नोट ७ थान रहेको छ । पक्राउ परेका जैसवाललाई कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरको जिम्मा लगाइएको डीएसपी गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७