एमाले पर्वतमा पदम गिरी समूह विजयी


१ बैशाख २०८१, शनिबार
uml parbat

पर्वत । नेकपा एमाले पर्वत जिल्ला १० औँ अधिवेशनमा नयाँ नेतृत्वमा गोबिन्द पहाडी विजयी बनेका छन् । उनी कानुनमन्त्री पदम गिरी समूहका हुन्। गिरीको गृहजिल्ला पर्वतमा निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना तथा पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र गिरी समूह एकआपसमा भिडेको थियो ।

शुक्रबार भएको निर्वाचनमा गोविन्द पहाडी तिमिल्सिना–सुब्बा समूहका पदमपाणी शर्मालाई पराजित गर्दै पर्वतको एमाले पार्टी जिल्ला नेतृत्वमा गोबिन्द पहाडी विजयी भएका हुन् । पहाडीले १२७ मतको फराकिलो अन्तरले शर्मालाई पराजित गरेका हुन् । शर्माले १ सय २७ मत ल्याउँदा पहाडीले २ सय २८ मत प्राप्त गरे। त्यसैगरी विमल लामिछानेले २१७ मत प्राप्त गर्दै मिनप्रसाद श्रेष्ठलाई पराजित गरे ।

श्रेष्ठले १४८ मत प्राप्त गरे। यस्तै १ सय ८८ मतसहित सुवासचन्द्र पौडेल सचिवमा निर्वाचित हुँदा उनका प्रतिष्पर्धी शिव प्रसाद पौडेलले १ सय ७२ मत पाए । उपसचिव खुल्लमा चण्डीप्रसाद भुर्तेलले जीवन विक्रम उचैलाई पराजित गरे। उनीहरूले क्रमशस् १८८ र १७२ मत प्राप्त गरेका थिए। उता महिलातर्फ भने विन्दु अधिकारी २ सय १६ मतसहित विजयी बन्दा सरिता भण्डारीले १ सय ४५ मत पाइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७