एमाले-माओवादी गठबन्धन कमाइ खाने भाँडोः अशोक रार्इ


१० कार्तिक २०७४, शुक्रबार

इलाम : संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कमाइ गरी खान वाम गठबन्धन बनाएको बताएका छन् । गठबन्धन सत्ता स्वार्थको लागि बनाएको राईको जिकिर छ ।

Ashok Rai Forum

सदरमुकाममा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता राईले वाम गठबन्धन दक्षिणपन्थीको गठबन्धन भएको आरोप लगाए । नेता राईले नेपाली कांग्रेसले बनाएको लोकतान्त्रिक गठबन्धनको समेत औचित्य नरहेको जिकिर गर्दै वाम गठबन्धनबाट त्रसित नहुन कांग्रेससँग आग्रह गरे ।

उनले बाम गठबन्धन दक्षिणपन्थीहरुको गठबन्धन भएको समेत आरोप लगाए । ‘जनतालाई अधिकार सम्पन्न गराउन नचाहने, संविधान संसोधन गर्न नमान्नेहरु कसरी बामपन्थी हुन सक्छन् ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘परिवर्तनका लागि काम गर्ने पो बामपन्थी हुन्छन् । नेपालका कम्युनिष्टहरु दक्षिपन्थी हुन् । उनीहरु नामपन्थी मात्र हुन् ।’

वरिष्ठ नेता राईले नेपाली कांग्रेसले बनाएको लोकतान्त्रिक गठबन्धनको समेत औचित्य नरहेको दावी गरे । कांग्रेसले पनि हतारमा गठबन्धन निर्माण गरेको उल्लेख गर्दै उनले बाम गठबन्धनबाट त्रसित नहुन कांग्रेसलाई आग्रह समेत गरे ।

दुई शक्तिहरु दुई ध्रुवमा ध्रुवीकृत भईरहेका बेला वरिष्ठ नेता राईले संघीय समाजवादी फोरम कुनै गठबन्धनमा नगई छुट्टै तेश्रोे शक्तिको निर्माण अभियानमा रहेको खुलासा गरे । ‘हामी कसैको पिछलग्गू हाईनौं । हामी छुट्टै तेश्रो धारको नेतृत्व गछौं । त्यहो संघीयवादी, पहिचानवादी, समावेशी र परिवर्तनकारीको धार हुनेछ’ उनले भने, ‘त्यसले मात्र उत्पीडितहरुको मुक्ति हुन्छ । आर्थिक समृद्धि हुन्छ र दीगो शान्ति कायम हुन्छ ।’

फोरम इलाम नगर समितिको आयोजनामा भएको ‘नेपालको वैचारिक अवधारणा’ विषयको पार्टी प्रशिक्षण कार्यक्रममा नेता राई, उपाध्यक्ष युवाराज कार्की, केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख सुशीला श्रेष्ठ र केन्द्रीय सदस्य मित्रलाल चापागाईंले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७