लुम्बिनीमा एकीकृत समाजवादीको आपत्तिपछि भगवती अधिकारीलाई बनाइयो मन्त्री


६ बैशाख २०८१, बिहीबार
Bhawoti Adhikari

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले समाजवादीकी सांसद भगवती अधिकारीलाई बिहीवार नै मन्त्री नियुक्त गरेका हुन् ।

उनलाई अहिले कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन । अधिकारी रुपन्देहीकी हुन् । यसअघि उनले आजै नेकपा एमालेबाट ५, माओवादी केन्द्रबाट १, जनता समाजवादी पार्टी (जसपा), स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट १÷१ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । लुम्बिनीमा दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । केन्द्रमा नयाँ समीकरण बनेसँगै लुम्बिनीमा गत चैत २३ गते नयाँ सरकार बनेको थियो । लुम्बिनीमा अब मन्त्रालयको संख्या बढ्ने निश्चित छ ।

लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुर महराले १० सदस्यीय मन्त्रिपरिषद बनाउँदा एकीकृत समाजवादीका कसैलाई पनि समेटेका थिएनन् । मन्त्रिपरिषदको सूची सार्वजनिक भएपछि एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीले मुख्यमन्त्री र सत्ता गठबन्धनका दलहरुले आफ्नो दलमाथि बेइमानी गरेको भन्दै आपत्ति जनाएकी थिइन् ।

अधिकारीको आपत्तिपछि मुख्यमन्त्री महराले एकीकृत समाजवादीलाई सरकारमा सहभागी नगराउने निर्णय फेल खाएको हो ।२२ चैतमा सत्ता गठबन्धनका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच ७ बुँदे सहमतिमा जनता समाजवादी पार्टीलाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति थियो ।

list

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७