राजनीतिमा कमाउन आएको होइनौं, रास्वपामा नियत सफा भएकाहरू मात्रै छन् : स्वर्णिम वाग्ले


६ बैशाख २०८१, बिहीबार
swarnim wagle 1
फाइल फोटो

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आफूहरु कमाउन नभई अहिलेको अवस्था परिवर्तनका लागि राजनीतिमा आएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राजनीतिलाई कमाउन धन्दाको रुपमा प्रयोग गर्ने विकृत संस्कार आफूहरुले अन्त्य गर्ने बताए ।

त्यसको भनाई जस्ताको त्यस्तै :

सोच फराकिलो, विकासको पनि नयाँ खाका आओस्, नियत नै सफा हुनुपर्छ, राजनीतिलाई कमाउने साधनको रुपमा होइन, भ्रष्टाचार गर्ने साधनको रुपमा होइन, एक दुई कार्यकालसम्म काम गर्ने, अन्य क्षेत्रबाट केही विशिष्टता, राजनीतिबाटै दोहन गरेर लुट्ने, कमाउ धन्दावाला होइन ।

अहिले तपाईंहरु देख्नुहुन्छ नि, मेरै उमेरका धेरै राजनीतिक गर्ने साथीहरु देखिने आम्दानी छैन, यहाँभन्दा पहिला कुनै पेसा पनि गरेको छैन । राजनीति नै गरिरहेको छ, जीवनशैली हेर्यो भने एकदम तडकभडक छ कहाँबाट आयो यो आम्दानी ? त्यो सोध्नुभयो भने यो समस्याको जरामा पुग्नुहुन्छ ।

विकृत्त राजनीतिको भ्रष्टिकरणको पछाडि हाम्रो महंगो निर्वाचन प्रणाली र प्रश्न नसोध्दा मौलाइरहेको दण्डहिनताले नै हाम्रो राजनीतिलाई गाँजेको छ । त्यसलाई हामी ब्रेक गर्न चाहन्छौं । त्यसैले रास्वपामा आबद्ध भएका साथीहरु, नेतृत्वदेखि अहिले मन्त्री भएकालाई हेर्नुभयो भने कहिँ न कहिँ छवि बनाइसकेका पात्रहरु भेट्नुहुन्छ ।

हामीलाई खिसिट्युरी गर्न केही साथीहरुले भन्नुहुन्छ यीनिहरुले त ढुंगा पनि हानेनन्, जेल पनि गएनन्, आन्दोलनहरुमा पनि भाग लिएनन् भनेर, हामीलाई लाग्दछ त्यसो गरेर आउनुभएको नेताहरुले व्यवस्था परिवर्तन गर्नुभयो । अब हामीले जान्नेलाई छान्ने पनि भनेका छौं, त्यो भनेको क्षमता पनि भएको नियत सफा भएको सोच फराकिलो भएका पात्रहरु आएर, अब व्यवस्था परिवर्तनको लडाइँ होइन, अब अवस्था परिवर्तनको लडाइँमा अब फरक संस्कारका पात्राहरु आउनुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७