माओवादी केन्द्र छाडेका रामकुमार शर्मा दम्पती जसपामा प्रवेश गर्दै


९ बैशाख २०८१, आईतवार
Ram Kumar Sharma

काठमाडौं । गत चैतमा माओवादी केन्द्र परित्याग घोषणा गरेका महोत्तरीका नेता रामकुमार शर्मा र पत्नी इन्दु शर्मा जनता समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । उनीसहित माओवादीका केही नेता तथा कार्यकर्ता आज जसपा प्रवेश गर्न लागेका हुन् ।

शर्मासँगै माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा पूर्व सांसद इन्दु शर्मा पनि जसपा प्रवेश गर्न लागेकी हुन् । उनीहरूलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले महोत्तरीको जलेश्वरमा पार्टी प्रवेश गराउने कार्यक्रम छ । जनताको मुद्दामा माओवादी केन्द्र इमान्दार नभएको तथा आन्तरिक किचलोले मधेशका मुद्दा र संगठन अस्तव्यस्त भएको भन्दै माओवादी छाडेको शर्माले बताएका हुन् । आफू पुरानै घर जसपामा प्रवेश गर्न लागेको शर्माले बताए ।

रेन्जरको सरकारी जागि छोडेर माओवादी ‘जनयुद्ध’मा लागेर राजनीतिक यात्रा सुरु गरेका शर्माले पहिलो मधेश आन्दोलनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको महासचिव भएर उपेन्द्र यादवसँग काम गरेका थिए । शर्मा महासचिव रहेकै बेला माओवादी केन्द्र र मधेशी जनअधिकार फोरमबीच रौतहटको गौरमा हिंसात्मक झडप भएको थियो । तराई मधेश लोकतान्त्रिक पार्टीबाट संविधानसभा सदस्यमा निर्वाचित शर्मा त्यहाँ पनि धेरै दिन टिकेनन् । उनी पुनः माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७