मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु


९ बैशाख २०८१, आईतवार
current mobile
सांकेतिक तस्वीर

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । गए राति साढे ७ बजेतिर स्थानीय कालुबहादुर लिम्बूको ८ वर्षीय छोरा सुदिप लिम्बूलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते बालकको उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७