शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्प क्यानाडाबाटै सिङ्गापुर जाने


२५ जेष्ठ २०७५, शुक्रबार
donald trump

वासिङटन, २५ जेठ(सिन्ह्वा )। अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जाने भएका छन् । क्यानाडामा हुन गइरहेको जि७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान जान लागेका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जाने ह्वाइट हाउसले जानकारी दिएको छ । donald trump

उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्काे हप्ताको मङ्गलबार हुने शिखर वार्ताको लागि उनी क्यानाडाबाट सिधै सिङ्गापुरतर्फ जान लाग्नुभएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

ह्वाइट हाउसका प्रवक्ता सरह सनडेर्सका अनुसार क्यानाडामा हुने जि७ को सम्मेलनको लागि शनिबार मध्याह्न अगावै राष्ट्रपति ट्रम्प त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

ट्रम्प र किमबीच सिङ्गापुरको सान्तोसा द्वीपमा अवस्थित कापेल्ला होटेलमा स्थानीय समयानुसार मङ्गलबार बिहान ९ बजे भेटवार्ता हुने समय तालिका दिइएको छ ।

सिङ्गपुरमा कति दिनको लागि बस्ने भन्ने बारेमा भने सो विज्ञिप्तमा केही खुलाइएको छैन । राष्ट्रपति ट्रम्पले पनि त्यहाँ बस्ने समय कुनै निश्चित नभएको बिहीबार बिहान सञ्चार माध्यमलाई बताएका छन् ।

उनले सम्वाददाताहरुसँग भने, ‘एक दुई वा तीन जति दिन पनि हुनसक्छ तर त्यो त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ ।’  उक्त वार्ताको तयारी पूरा भएको संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले जानकारी दिएका छन् । ती देशका अधिकारीहरुले सो वार्ताका लागि आफूहरुले अन्तिम तयार गरेको जनाएका हुन् ।

यसैबीच संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री सिन्जो आबेले बिहीबार मात्र अमेरिकाको भ्रमण गरेका छन् ।

उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रका रुपमा रहेको जापानका प्रधानमन्त्री आबेले अमेरिकाको भ्रमण गरी राष्ट्रपति ट्रम्पसँग सोही वार्ताकै विषयमा आवश्यक छलफल गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आजको तीन दिनपछि अर्थात् जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता हुन लागेको छ ।

अहिले पनि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच समय समयमा द्विपक्षीय भेटवार्ताहरु जारी नै रहेका छन् । त्यसैगरी अमेरिकी राष्ट्रपटि ट्रम्पले पनि विभिन्न देशका सरकार प्रमुखहरुसँग फोनवार्ता गरेका छन् । ती वार्ताहरुमा आगामी शिखर वार्ताको बारेमा अमेरिकाले विभिन्न देशको धारणा बुझ्ने काम गरेको पनि समाचारमा बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जापानसँग महिना दिन यता यो दोस्रो पटक उक्त वार्ताको बारेमा जापानी प्रधानमन्त्रीसँग कुराकानी गर्नुभएको बताइएको छ । यस वार्तालाई उत्तर र दक्षिण कोरिया र अमेरिकामात्र नभएर विश्वले नै बडो चासोपूर्णरुपमा हेरेको छ । यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकोले पनि यसरी हेरिएको हो ।

उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो अनेकौँ ट्वीटहरुमा यस वार्तालाई एक अभूतपूर्व बैठक भन्ने गर्नुभएको छ । यस वार्ताका लागि अमेरिका र उत्तर कोरिया पनि निकै सकारात्मक देखिएका छन् । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता यसरी यी दुई देशको इतिहासमा नै पहिलो पटक वार्तामा बस्न लागेका हुन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले यस शिखर वार्ता अघि नै चीनका राष्ट्रपतिलाई दुई महिनायता दुई पटक सम्म भेट गरेका छन् ।
त्यस्तै राष्ट्रपति ट्रम्पले पनि समय–समयमा दक्षिण कोरियाली राष्ट्रपतिसँग पनि फोन वा भेटवार्ता गरिहरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७