सोसियडाडमाथि रियल म्याड्रिड विजयी


१५ बैशाख २०८१, शनिबार
real madrid

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १–० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको २९औं मिनेटमा आर्डा गुलेरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि रियल म्याड्रिडको ३३ खेलमा ८४ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी एक खेल कम खेलेको बार्सिलोना ३२ खेलमा ७० अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै रियल सोसियडाडको भने ३३ खेलमा ५१ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७