इलाम–२ मा बिहान १० बजेसम्म २० प्रतिशत मत खस्यो : मुख्य निर्वाचन अधिकृत


१५ बैशाख २०८१, शनिबार
ilam

इलाम । प्रतिनिधि सभा सदस्य इलाम क्षेत्र नम्बर २ मा जारी मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ । इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान १० बजेसम्म २० प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए ।

‘बिहान १० बजेसम्म करिब २० प्रतिशत मत खसेको छ । कहीं २१ प्रतिशतसम्म र कहीं १८ प्रतिशतको हाराहारीमा मत खसेको छ’, उनले सुनाए । यस्तै उनले अहिलेसम्म मतदान शान्तिपूर्ण रूपमा भइरहेको र मतदाता पनि उत्साहित ढंगले सहभागी भइरहेको जानकारी पनि दिए ।

‘अहिलेसम्म सबैतिर सहज तरिकाबाट मतदान भइरहेको हामीली रिपोर्टिङ लिएका छौं । म आफैं पनि अहिले फिल्डमै मतदान अवस्थाबारे बुझिरहेको छु’, मुख्य निर्वाचन अधिकृत घिमिरेले भने, ‘मतदाताहरू उत्साहित हुँदै मतदानमा सक्रिय भएको पाएका छौं ।’ इलाम २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र छन् । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७