सवारी अनुमति चालको आवेदन बन्द !


२७ जेष्ठ २०७५, आईतवार
license new and old

काठमाडौं २७ जेठ । यातायात विभाग व्यवस्थाले सवारी चालक अनुमति पत्रको आवेदन बन्द गरेको छ । विभागले एक सूचना जारी गरी विभागको मातहतमा रहेको कुनै पनि कार्यालयले लाइसेन्सको आवेदन नलिन भनी सूचना जारी गरेको छ । आव सुरु भएकोले यातायात विभागले लाइसेन्स आवेदन बन्द गरेको हो ।

license new and old
फाइल तस्बिर

विभागले आर्थिक वर्षको अन्तिम महिना भएकाले अहिले लाइसेन्सको लागि आवेदन बन्द गरिएको जनाएको छ । लाइसेन्सको आवेदन पुनः साउन १ गतेबाट खुल्ला गरी हाललाई बन्द गरिएको विभागले जनाएको छ ।

असार महिनामा भरिएको आवेदन पनि अलिन विभागले उर्दी जारी गरेको छ । अहिले सम्म आवेदन दिएर परीक्षा उत्तीर्ण गरेकाहरुको असार १५ सम्म ट्रायल सक्नु पर्ने भएकोले नयाँ आर्थिक वर्षसम्मको लागि नयाँ आवेदन नलिन विभागले कार्यालयहरूमा सूचना जारी गरेको हो । अहिले विभिन्न कार्यालयबाट लिइँदै गरेको आवेदन बन्द भैसकेको छ ।

विभागले एक सूचना जारी गर्दै भनेको छ, नयाँ आव सुरु भएकोले राजस्व लगायतका सबै हिसाब मिलाउनु पर्ने भएकोले अनलाइन मार्फत लिइएको आवेदन साथै रद्द गर्नु परेको जनाएको छ । ट्रायल दिन बाकी रहेको हरूको पनि असार १५ सम्म दिइसक्नु पर्ने सूचनामा जनाएको छ ।

विभागले एकान्तकुना, सुकेधारा, जगाति, ठुलो भर्‍याङ, कोसी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयलाई अनलाइन फारम रद्द गरिएको जनाउँदै विभागले आवेदन नलिन भनेको हो ।

विभागले अनलाइन मार्फत मात्र आवेदन लिँदै आएको छ । आवेदन दिन धेरै झन्झटिलो भएको कारण विभागले अनलाइन विधि अपनाएको हो ।

 

licence farm

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७