अपडेटः त्रिशूली नदीमा बस खस्दा ११ को मृत्यु, करिव २५ जना बेपत्ता


११ कार्तिक २०७४, शनिबार
accident

काठमाडाैं :  धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा ११  जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

accident

शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेबाट  प्रहरी सहित उद्दारका लागि खटिएका गोताखोरले ४ महिला र ७ पुरुषको शव निकाले  हो । बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा त्रिशुली नदी कति बेपत्ता छन् भन्ने थाहा हुन सकेको छैन ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । बस नदीमा डुबेको छ ।   प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो । हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रु बताउँछन् ।

उनीहरुका अनुसार छत्र र बस भित्र गरेर ५० जना भन्दा बढी यात्रु सवार थिए । घाइते मध्ये ४४ वर्षीय दुर्गानन्द चौधरी र उनका १७ वर्षीय छोरा अभिषेक चौधरीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७