लुझनिकी रङ्गशालामा विश्वकप फुटबलको भव्य उद्घाटन (फोटोफिचर)


१ असार २०७५, शुक्रबार
World Cup 2018 opening ceremony

मस्को, रूस, ३१ जेठ ।World Cup 2018 opening ceremony रूसको राजधानी मस्कोमा रहेको लुझनिकी रङ्गशालामा विश्वकप फुटबलको भव्य समारोहकाबीच उदघाटन भएको छ । बिहिबार नेपाली समय अनुसार साँझ ८ः४५ बजे साउदी अरब र आयोजक राष्ट्र रूसबीच विश्वकप फुटबलको २१ औँ संस्करण सुरु भएको हो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको सम्बोधनलगत्तै पहिला साउदी अरब र पछि रूसी समूहले राष्ट्रिय गान गाएपछि खेल शुरु भएको थियो ।

उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्षिप्त सम्बोधन गरी खेलमा आउने पाहुनासँगै खेलाडीहरूलाई स्वागत गरेका थिए ।
उद्घाटन खेल शुरू हुनु अघि असी हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले उद्घाटनका समय आफ्नो प्रस्तुती दिएका थिए ।

फुटबलको महाकुम्भ मानिने यस खेलको उद्घाटन समारोहमा इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका प्लासिडो डोमिगोले आकर्षक प्रस्तुतिका साथ उद्घाटन समारोहलाई मनोरञ्जन प्रदान गरेका थिए । भने कलाकारहरू जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि उद्घाटनमा आफ्नो प्रस्तुती दिएका थिए ।

स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । भने खेलका समय आइपर्नसक्ने भवितब्यलाई ध्यान दिँदै रूसले लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखेको बताइएको छ ।

बिहिबार भएको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले रसियाले साउदी माथि ५–०को शानदार जित निकाले ।

 

 

World Cup 2018 opening ceremony 5

World Cup 2018 opening ceremony 7

World Cup 2018 opening ceremony 8

World Cup 2018 opening ceremony 9

World Cup 2018 opening ceremony 10

World Cup 2018 opening ceremony 11

World Cup 2018 opening ceremony 12

World Cup 2018 opening ceremony 13

World Cup 2018 opening ceremony 14

World Cup 2018 opening ceremony 15

World Cup 2018 opening ceremony 16

World Cup 2018 opening ceremony 1

World Cup 2018 opening ceremony 4

 

Russia Soccer WCup Russia Saudi Arabia 9

Russia Soccer WCup Russia Saudi Arabia 5

तस्बिर : गेटी इमेज

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७