आजको विश्वकपमा को–को भिड्दै, रोनाल्डोमा सबैको आँखा


६ असार २०७५, बुधबार
ronaldo 2 1

काठमाडौं, ६ असार । विश्व कपमा समूह चरणका खेलहरुको दोस्रो राउन्ड सुरु भएसँगै नकआउट चरणमा पुग्ने समिकरणहरु बन्न सुरु गरिसकेका छन् । आयोजक रुस अन्तिम खेलअघि नै प्रि क्वार्टरफाइनलमा पुगिसकेको छ भने इजिप्ट एक खेल बाँकी रहँदै बाहिरिने पहिलो टोली बनेको छ ।ronaldo 2 1

बुधबार हुने खेल जितेको खण्डमा उरुग्वेले पनि अन्तिम १६ मा स्थान बनाउने छ । उरुग्वेले आज साउदी अरेबियाको सामना गर्दैछ । आजै अर्को समूहमा क्रिस्टिायानो रोनाल्डोको पोर्चुगल र मोरोक्को र स्पेनले इरानको सामना गर्नेछ । पोर्चुगल र स्पेनले पहिलो खेलमा रोमाञ्चक ३–३ को बराबरी खेलेको थियो भने इरानले मोरोक्कोलाई १–० ले हराएको थियो ।

विश्व कपमा आज को–को खेल्दैछन्, कति बजे ?

समूह ‘बी’
पहिलो खेल–पोर्चुगलविरुद्ध मोरोक्को–साँझ ५ः४५ बजे
समूह ‘ए’
दोस्रो खेल–उरुग्वेविरुद्ध साउदी अरेबिया–राति ८ः४५ बजे
समूह ‘बी’
तेस्रो खेल–इरानविरुद्ध स्पेन राति– ११ः४५ बजे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७