मुसाको दुई गोलसँगै आइसल्याण्ड पराजित, नाइजेरियाको जितमा अर्जेन्टिनालाई पनि फाइदा


८ असार २०७५, शुक्रबार
1529686941MUSAA

काठमाडौं, ८ असार । रसियामा जारी विश्वकपको समुह ‘डि’मा नाइजेरियाले आइसल्याण्डलार्इ हराएकाे छ । भाेल्गोग्राड स्टेडियममा भएको खेलमा नाइजेरियाका अहमेद मुसाले २ गाेल  गरेसँगै आइसल्याण्ड पराजित भएकाे हाे । 1529686941MUSAA

नाइजेरियाका लागि मुसाले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७५ औं मिनेटमा मुसाले दोस्रो गोल गर्दै नाइजेरियाको अग्रता दोब्बर पारे। त्यसपछि कुनै टिमबाट गोल भएन र नाइजेरियाले पहिलो जित निकाल्यो।

यसअघि आइसल्याण्डले पाएको पेनाल्टी समेत मिस गरेको थियो। खेलको ८३ औं मिनेटमा गिल्फी सिगार्डसनले आइसल्याण्डका लागि पेनाल्टीमा गोल गर्न चुके। नाइजेरियाका इबुईले आइसल्याण्डका अल्फ्रेडलाई डिएरियामा लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायताले आइसल्याण्डले पेनाल्टी पाएको थियो।

जितसँगै नाइजेरिया ३ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आइसल्याण्ड र अर्जेन्टिना समान एक अंक जोडेका क्रमश तेस्रो र चौथोमा छन्।क्रोएसियाले यसअघिनै दुबै खेलमा सतप्रतिशत नतिजा निकालेर अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ।

नाइजेरियाको जितले अर्जेन्टिनाको सम्भावना पनि जिवितै रहेको छ। अब आइसल्याण्डले अन्तिम खेलमा क्रोएसियासँग हारेमा र नाइजेरिया अर्जेन्टिनासँग हारेमा अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्नेछ।

#यी ३ अवस्थामा अर्जेन्टिना अन्तिम १६ मा जान्छ

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७