प्रधानमन्त्री ओली चीनबाट फर्किदा विमानस्थलमा जे देखियो (फोटो फिचर)
काठमाडौं, १० असार : प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुबास नेम्बाङ, नेता वामदेव गौतम लगायतले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली यही असार ४ गते चीन प्रस्थान गरेका थिए ।