१२ यात्रु बोकेको मिनी ट्रकमा आगो लाग्यो, बल्दै खोल्सामा खस्यो


११ असार २०७५, सोमबार
accident

काभ्रे, ११ असार । करीब १२ यात्रु बोकेको मिनी ट्रक काभ्रेको बनेपा–५ रबिओपीमा दुर्घटना भएर आगो लागेको छ ।accident

देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको स्थानीयले जानकारी दिएका छन् । आयो लागेको सो मिनी ट्रक सडकबाट करीब ३० मिटर तल खसेको छ ।

काभ्रे प्रहरीका डिएसपी महेन्द्र मरासैनीका अनुसार घटनास्थलबाट प्रहरीले ६ जनाको उद्दार गरी अस्पताल पठाएको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । ‘मिनि ट्रकमा १०–१२ जना थिए भन्ने कुरा आएको छ, हामी अरूलाई पनि खोज्दैछौं,’ मरासैनीले भने । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७