मेस्सीलाई माथ खुवाउने एमबाप्पे को हुन् ?


१७ असार २०७५, आईतवार
mbappe

काठमाडौं १७ असार । रसियामा जारी विश्वकपमा दाबेदार मानिएको राष्ट्र अर्जेन्टिनाविरुद्ध २ गोल गरेर रातारात चर्चा कमाएका एमबाप्वेको पुरा नाम हो लोटिन किलियन एमबाप्पे ।

युवा खेलाडीले भरिएको फ्रान्स र स्टार खेलाडी मेस्सीको टिम अर्जेन्टिनाबीचको खेल रोमाञ्चक मात्र बनेन् तनाव पूर्ण रह्यो । क्वाटरफाइनलमा प्रवेश गर्ने दुई टोलीलाई खेल जसरी पनि जित्नु थियो । अर्जेन्टिनाले राम्राे प्रदर्शन गरे पनि युवाले भरिएको टाेली फ्रान्सलार्इ क्वाटरफाइलमा प्रवेश गर्न रोक्न सकेनन् ।

mbappe
लोटिन किलियन एमबाप्पे

अन्ततः फ्रान्सले ४-३ नतिजा निकाल्यो । जसमा फ्रान्सका एमबाप्पे हिरो बने । उनकै बलबुतोमा फ्रान्सले अर्जेन्टिनालाई पराजित गर्न सफल बन्यो । एमबाप्पेले व्यक्तिगत २ गोल मात्रै गरेर १ गोलको लागि अवसर समेत मिलाई दियो । तीव्र गतिमा दौडन सक्ने क्षमता र शारीरिक रूपमा मजबुत भएका एमबाप्पे विपक्षीको पोस्टमा आक्रमण गर्ने शैली लोभ लाग्दो देखिन्थ्यो ।

अर्जेन्टिनाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेसँगै  एमबाप्पेलाई विश्व फुटबलमा पेलेसँग तुलना गर्न थालिएको छ । उनले ६० वर्षपछि पेलेको इतिहासलाई भेटेका छन् । सन् २०५८ को विश्वकपमा १८ वर्षकै टिनएज उमेरमा स्वीडेनविरुद्ध पेलेले २ गोल गरेका थिए । ६० सम्म टिनएज उमेरका खेलाडीले विश्वकपमा २ गोल गर्न सकेका थिएनन् एमबाप्पे पेलेको इतिहास भेट्न सफल भएका छन् ।

सन् १९९८ डिसेम्बर २० मा जन्मिएका एमबाप्पे सानै उमेरबाट फुटबल खेल्न थालेका हुन् । एमबाप्पे एएस बोन्डीको युथ एकेडेमीबाट उत्पादन भएका खेलाडी हुन् । त्यसपछि उनी आइएनएफ क्लारेफोन्टेन हुँदै मोनाको पुगेका पुगेका थिए । एमबाप्पे मोनाकोमा १७ वर्षमै सिनियर टिमबाट डेब्यु गरेर राम्रो प्रदर्शन गर्न सफल खेलाडी हुन् । अहिले उनी मोनाकोबाट पीएसजी पुगेका छन् ।

kylen ambappe
लोटिन किलियन एमबाप्पे

उनले त्यहाँ पनि राम्रो प्रदर्शन गरिरहेका छन् । गत सिजनमा चोटले ग्रस्त भए पनि लिगमा १३ गोल गर्न सफल भएका थिए । उनले सन् २०१६/०१७ मा भएको सिजनमा मोनाकोलाई उपाधि दिलाउन महत्त्वपूर्ण मूमिका खेलको थिए । मोनाकोलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेसँगै उनलाई भित्र्याउन पीएसजीले १ समय ८० मिलियन युरोमा मोनाकोलाई दिर्ने सम्झौता भएको छ । यो सम्झौतासँगै एमबाप्पे विश्वको दोस्रो महँगा खेली बनेका छन् ।

एमबाप्पे मनका पनि उस्तै दानी छन् । उनले विश्वकप खेलेबापत पाउने पारिश्रमिक सबै रकम र बोनस अपाङ्ग बालबालिका क्षेत्रमा काम गर्ने च्यारिटी संस्था प्रायर्स डे कोर्डेस एसोसिएसनलाई दिने घोषणा गरेको फ्रान्सेली दैनिक लि इक्विपेले जनाएको छ । विश्वकप खेले बापत प्रतिखेल १७ हजार पाउन्ड पाए पनि देशको प्रतिनिधि भएर खेल्दा पारिश्रमिक लिन नहुने मान्यता पनि राख्छन् एमबाप्पे ।

विश्व फुटबलमा हालसम्म सबै भन्दा महँगा खेलाडी भने ब्राजिलका स्टार खेलाडी नेइमा जुनियर बनेका छन् । उनलाई पनि पीएजीले बार्सिलोनालाई २ सय २२ मिलियन युरो रकम तिर भित्र्याएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७