मेक्सिकोविरुद्ध ब्राजिल


१८ असार २०७५, सोमबार
mexico vs brazil

काठमाडौं१८ असार । छैटौं पटक विश्वकपको उपाधि पछ्याइरहेको ब्राजिलले सोमबार विश्वकप अन्तिम १६ मा मेक्सिकोको सामना गर्दा सबैको ध्यान स्ट्राइकर नेइमारमा हुनेमा दुबिधा छैन । तर १९९८ पछि युरोपियन भूमिमा विश्वकपको उपाधि जित्न दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले आफ्नो मजबुत रक्षापंक्तिलाई थप मजबुत बनाउन आवश्यक छ। आज साँझ रुसको सोचीमा मेक्सिकोले ब्राजिलको वैभव तोड्न स‌ंषर्घ गर्दैछ।

mexico vs brazil

विश्वकपका कुनै पनि संस्करणमा सर्वा्धिक गोलकर्ताले नै सबैको ध्यान खिच्ने गर्छन् तर ट्रफीको हकदार भने सधैं बलियो रक्षापंक्ति भएको टोली बन्ने गरेको छ । २०१४ को विजेता जर्मनीले प्रतियोगिताका ७ खेलमा मात्र ४ गोल खाएको थियो । त्यस्तै २०१० मा स्पेन र २००६ मा इटालीले विश्वविजेता बन्ने क्रममा मात्र २ गोल खाएका थिए।

त्यसैले मेक्सिकोको सामना गर्दा ब्राजिलका प्रशिक्षक टेटेसामु अग्रपंक्तिमा नेइमारको प्रदर्शनका साथै थिगायो सिल्भाको नेतृत्वमा रहेको बलियो रक्षापंक्तिको स्वाभाविक प्रदर्शन पनि आवश्यक छ । ‘फुटबल खेलमा सधैं उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीका बारेमा मात्र चर्चा हुन्छ।

तर त्योभन्दा महत्वपूर्ण पक्ष भनेको समग्र टोलीले प्रदर्शन उत्कृष्ट हुन आवश्यक छ,’ ब्राजिलका मिडफिल्डर कासेमिरोले भने, ‘मानिसहरू हाम्रो टोलीको बलियो पक्षका बारेमा कुरा गर्दा सधैं नेइमारको मात्र नाम लिन्छन् तर हामीले के भुल्न हुन्न भने हामीसँग अरू पनि उत्कृष्ट खेलाडी छन् ।’ १९९४ र २००२ मा विश्वकपको उपाधि जित्दा ब्र्रा्जिलमा अग्रपंक्तिका उत्कृष्ट खेलाडी थिए । तर उपाधि चुम्दा भने ब्राजिलको रक्षापंक्तिले सुदृढ प्रदर्शन गरेको थियो।

२००२ को विश्वकप समूह चरणमा ब्राजिलविरुद्ध गोल गर्ने इङ्ल्यान्ड एक मात्र टोली थियो । उक्त विश्वकप जितेपछि भने सधैं दाबेदार राष्ट्र बन्दै आए पनि ब्राजिलले छैटौं पटक भने उपाधि जित्न सकेको छैन । टेटेको टोलीले पछिल्लो २८ खेलमा मात्र २ गोल खाएको छ । जसले जारी प्रतियोगितामा उनीहरूको बलियो रक्षापंक्तिलाई प्रमाणित गर्छ । जारी प्रतियोगितमा समूह ‘ई’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्दा नेइमार र फिलिप कौटिन्होको प्रदर्शन तारिफयोग्य छ । तर टोलीको रक्षापंक्तिले पनि जुझारु प्रदर्शन गर्दै आएको छ।

‘हामीसँग रक्षापंक्तिमा ४ खेलाडी मात्र छैनन,’ कासेमिरोले भने, ‘हाम्रो टोलीका सबै खेलाडी रक्षापंक्ति र अग्रपंक्तिमा अब्बल छन् ।’ यता पहिलो खेलमा विश्वविजेता जर्मनीलाई १–० ले स्तब्ध पार्दै प्रतियोगिताको सुखद सुरुआत गरेको मेक्सिको छैटौं पटक उपाधि जित्ने ब्राजिलको लक्ष्यमा पूर्ण्विराम लगाउँदै क्वार्टरफाइलनमा स्थान पक्का गर्न चाहन्छ । पछिल्लो ६ संस्करणमध्ये मेक्सिकोले सबै संस्करणमा समूहचरण पार गरे पनि अन्तिम १६ भन्दा माथि भने उठ्न सकेको छैन । मेक्सिको समूह ‘एफ’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो।

‘समूहचरणमा गरेको प्रदर्शनले हाम्रो मनोबल बढेको छ । नकआउट चरणमा ब्राजिललाई प्रतिद्वन्द्वीका रूपमा पाएका छाैं र प्रतियोगिताको पाँचौं खेलका लागि मात्र एक जित टाढा छौं,’ मेक्सिकोका कप्तान आन्द्रियास ग्वाडार्डोले भने, ‘हामी यो खेललाई २०१८ विश्वकपको अन्तिम खेल बनाउन चाहँदैनौं । कठिन समूह भए पनि हामी नकआउट चरणमा प्रवेश गर्याैं । हाम्रो अघिल्लो चरण यात्रा हाम्रै हातमा छ।

२०१४ को विश्वकपमा पनि मेक्सिको र ब्राजिल समूहचरणमा आमने–सामने हुँदा गोलरहित बराबरी खेलेका थिए । त्यसअघिका तीन भिडन्तमा भने ब्राजिलले बाजी मारेको थियो।

हामीले विश्वकपका कहिल्यै पनि जर्मनीलाई पराजित गर्न सकेका थिएनौं तर रूसमा हामीले पहिलो जित दर्ता गर्या ग्वाडार्डोले भने, ‘हामी इतिहास रच्न आएका हौं र त्यसका हामी सबै रणनीति प्रयोग गर्नेछौं । ब्राजिललाई यसअघि सुम्पिएको नतिजा एउटा तथ्याङ्क मात्र हो र खेल सुरु भएपछि यसले कुनै अर्थ राख्दैन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७