कमलादीमा गोली चल्यो, हतियार सहित दुई भारतीय नागरिक पक्राउ


१५ कार्तिक २०७४, बुधबार

काठमाडौं राजधानीका कमलादीस्थित हेरिटेज प्लाजामा बुधवार गोली चलेको छ । गोली चले पनि कसैलाई केही भएको छैन । कम्पनीहरूका कर्पोरेट कार्यालय रहेको हेरिटेज प्जालामा एक राउण्ड गोली चलेको प्रहरीले बताएको छ।

encounter 1
भने सोही हेरिटेज प्जालाबाट अटोमेटिक पिस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। भारत पञ्जावका जसवित सिंह र हर देवेन्द्र सिंह नाम गरेका भारतीय पिस्तोल र गोलीसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट ४ वटा म्यागजिन फेला परेको छ। प्रहरीले उनीहरू व्यावसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७