कामदार ठग्ने ५ व्यवसायीलाई उन्मुक्ती, वारेन्ट जारी भएका अभियुक्त सिंहदरबारतिर घुम्दै


२० असार २०७५, बुधबार
7 Shares
Thapaliya Khadka

काठमाडौं, २० असार : रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा विभिन्न संस्था खडा गरी ठगीमा संलग्नहरुलाई प्रहरीले छानी छानी मात्रै कारबाही गरेको छ । मलेसिया जाने नेपाली कामदारहरुलाई बायोमेट्रिकको नाममा ५ स्वास्थ्य संस्थालाई उन्मुत्ती दिइएको हो ।

Lilambar Jha
एभरेस्ट हेल्थ होमका सञ्चालक निलाम्बर झा, जसलाई अनुसन्धानको दायरामा समेत ल्याइएको छैन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि प्रहरीले बायोमेट्रिक प्रणालीमार्फत कामदार ठग्दै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई प्रहरीले गत ७ जेठ २०७५ मा पक्राउ गरेको थियो । पक्राउ गरेका ती व्यवसायीहरु माथि प्रहरीले अनुसन्धान जारी राखेको छ । तर, कामदार ठग्ने ५ स्वास्थ्य संस्थालाई भने प्रहरीले छानेर उन्मुत्ती दिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पहुँचका आधारमा ती स्वास्थ्य संस्थालाई अनुसन्धानको दायरामा नै नल्याईएको बताइन्छ । बायोमेट्रिकलाई लागु गराउने प्रमुख संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका सदस्यका समेत रहेका निलाम्बर झाको एभरेस्ट हेल्थ होमलाई कारबाहीको दायरामा ल्याइएको छैन । झाको बानेश्वरमा रहेको एभरेस्ट हेल्थ होमले पनि बायोमेट्रिक करोडौं ठगेको छ । झा नेपाल स्वास्थ्य व्यवसायी महासंघका सदस्य हुन् । कुनै बेला भेरी अञ्चल अस्पतालमा कार्यरत झा यसको प्रमुख हुन् । तर, उनले अहिले आफूले नभई भाई विनोद झाले सञ्चालन गरेको दाबी गरे । झाको एभरेस्ट हेल्थ होम अहिले पनि सञ्चालनमा छ ।

यसैगरी महाराजगञ्जमा प्रदीप फोइवाले सञ्चालन गरेको लोटस पोलिक्लिनिकलाई पनि कारबाहीको दायारमा ल्याइएको छैन । यस्तै जावलाखेलमा श्याम थापाले सञ्चालन गरेको प्रशान्ति हेल्थ केयर, मध्यबानेश्वरमा मीरा शर्माले सञ्चालन गरेको सहारा हेल्थ सेन्टर र महाराजगञ्जमा सुसान खड्काले सञ्चालन गरेको सनराइज पोलिक्लिनिक ठगीमा संलग्न छ । तर, यी संस्थाहरुलाई श्रम र गृहले छानेर बचाएको स्रोतको भनाई छ ।

jagdamba.cement
rbbbb

फरार भनिएका सिंहदरबारतिर घुम्दै
वैदेशिक रोजगारमा जाने नेपाली कामदारको आपराधिक अवस्था पहिल्याउने भन्दै पैसा उठाउने जीएसजी सर्भिस नेपाल प्रालिका प्रमुख गोविन्द थपलिया फरारको सुचीमा छ । यस्तै जिएससीका गोपाल गुरुङ र मुकुन्दप्रसाद पन्त पनि फरारको सुचीमा प्रहरीले राखेको छ । तर, जिएससीका प्रमुख थपलिया खुलेआम हिडीरहेका छन् । प्रहरीले देखिने गरी नै कार्यालयमा नियमित गइरहेका छन् । त्यतिमात्रै होइन सिंहदरबार पनि छिर्ने गरेको बताइन्छ ।

Thapaliya Khadka

यसैगरी बायोमेट्रिकको नाममा ठग्ने कैलाश खड्का र प्रविन तिवारी अझै फरारको सूचीमा छन् । मलेसियामा कामदार पठाउँदा स्वास्थ्य परीक्षण गर्ने ३९ वटा बायोमेट्रिक स्वास्थ्य संस्थाहरुको स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष हुन् कैलाश खड्का । तिवारी महासंघका पूर्वअध्यक्ष हुन् । तिवारी र खड्काले नेपाल सरकारको स्वीकृतिविना नै पाइला पाइलामा घुस खुवाएर बायोमेट्रिक प्रणाली नेपालमा भित्राएका थिए । खड्का पनि खुलेआम हिडिरहेका छन् । तर, प्रहरीले पक्राउ गरेको छैन । उनीहरु विरुद्ध अदालतले पक्राउ वारेन्ट समेत जारी गरिसकेको छ । तर, उनीहरुलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन ।

बायोमेट्रिक प्रणाली नेपालमा भित्र्याउने एमओयुमा हस्ताक्षर गर्ने नै खड्का र तिवारी हुन् । खुलेआम हिडिरहे पनि प्रहरीले एमओयुमा हस्ताक्षर गर्ने खड्का र तिवारीलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७