शुक्रबार राजधानीका दुई दर्जन स्थानमा विजुली नआउने, यी ठाउँमा आउँदैन विजुली


२१ असार २०७५, बिहीबार

काठमाडौं, २१ असार । राजधानीका विभिन्न क्षेत्रमा शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका अनुसार सडक विस्तारको कामका लागि बनस्थली चौकदेखी बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशन अन्तर्गतका फिडरबाट आपूर्ति भइरहका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।bijuli 1 1

त्यस्तै, बालाजु–नागार्जुन फिडर अन्तर्गत एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिएका छन् । यसैगरी, बालाजु– धर्मस्थली अन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७