जर्मनीसँगको ७–१ को हार भन्दा बेल्जियमसँगको हार पीडादायी : पाउलिन्हो


२३ असार २०७५, शनिबार
Paulinho

काठमाडौं, २३ असार (एजेन्सी) । ब्राजिलियन मिडफिल्डर पाउलिन्होले रुस विश्वकपबाट बाहिरिनु सन् २०१४ को भन्दा पनि पीडादायी रहेको बताएका छन् । Paulinho

क्वाटरफाइनलमा बेल्जियम २–० को हारको हारेपछि पाउलिन्होले चार वर्ष अघिको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग हार भन्दा पीडादायी भएको बताएका हुन् ।

उनले एक टेलिभिजनमा अन्तर्वार्तामा दिँदै पाउलिन्होले यो खेलको नतिजा स्वीकार गर्न निकै कठिन भएको बताए । उनले आफूहरुले अन्तिम समयसम्म प्रयास गर्दा पनि यो विश्वकपबाट बाहिरिनुपरेको बताए । ब्राजिलका फरवार्ड ग्रावियल जेससले ठुला खेलाडीहरुले गोल गर्न नसकेको कारण शुक्रबारको खेलमा निराशाजनक नतिजा हासिल भएको बताए ।

खेलको शुरूमा नै ब्राजिलका थिएगो सिल्भाले नेमारबाट प्राप्त कर्नरमा हानेको प्रहारले जाली चुम्न सकेन। ब्राजिलले अन्य कैयौँ प्रहारहरू गरे  गाेल हुन सकेन् । ब्राजिलले बेल्जियमविरूद्ध २७ वटा प्रहार गरेको थियो।

सन् २०१४ मा आफ्नै घरमा भएको विश्वकपमा ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७–१ गोलको भारी अन्तरले पराजित भएको थियो ।

याे पनि पढ्नुहाेस्

बेल्जियमसँग ब्राजिल स्तब्ध

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७