पर्वतमा एनआईसी एसिया बैंकका एकसाथ दुई शाखा रहित बैंकिङ्ग सेवा संचालन
काठमाडौं,असार ३१: एनआईसी एसिया बैंक लिमिटेडले एकसाथ २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवालाई निरन्तरता दिने लक्ष्यसहित सेवा बढाएको बैंकले जानकारी दिएको छ।
बैंकले पर्वत जिल्ला, फलेवास नगरपालिकाको थापाठानामा र बर्दिया जिल्ला, बडैयाताल गाउँपालिकाको सितलाबजारमा आफ्नो बाह्राैँ र तेह्राैँ शाखारहित बैंकिङ्ग सेवा आषाढ २९ गतेबाट संचालनमा ल्याएको छ ।
बैंकले फलेवास नगरपालिकाको थापाठानामा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन पर्वत जिल्लाको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले गरे। यसैगरि बैंकले बडैयाताल गाउँपालिकाको सितलाबजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोहि गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष सुन्दरमान श्रेष्ठले गरे।