डा. केसीको माग सम्वोधन नभएसम्म संसद चल्न नदिने कांग्रेसको निर्णय


२ श्रावण २०७५, बुधबार
Doctor Govinda KC@Jumla 1

काठमाडौं, २ साउन । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारले अनसनरत डा. गोविन्द केसीको माग सम्वोधन नगरेसम्म संसद चल्न नदिने निर्णय गरेको छ ।Doctor Govinda KC@Jumla

सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन चल्न नदिने कांग्रेसले बताएको छ । सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन अवरोध जारी राख्ने अडान लिएको छ ।

कांग्रेस शीर्ष नेताहरुको बुधबार बसेको बैठकले जुम्लामा आमरण अनरसनरत डा. केसीको सम्बोधनका लागि सरकारलाई दबाव दिने निर्णय गरेको छ । डा. केसीको समर्थनमा चिकित्सक संघले गर्ने आन्दोलनलाई समर्थन गर्ने र अहिलेकै विधेयक अघि बढाउन खोजे संसद अवरुद्ध गर्ने निर्णय गरेको छ ।

‘डा. केसीसँग सहमति भयो, चिकित्सा शिक्षा अध्यादेश र माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार विधेयक आयो भने संसद चल्छ, नभए चल्न दिँदैनौं’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने । सरकारले सदनको बैठक भोलि बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७