प्रधानमन्त्रीको गण्डकी प्रदेशसभामा सम्बोधनलाई कांग्रेसले विथोल्ने


२ श्रावण २०७५, बुधबार
KP oli in House

पोखरा, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बिहीबार) सम्वोधन गर्ने गण्डकी प्रदेशको संसद बैठकमा नेपाली कांग्रेसले अवरोध गर्ने जनाएको छ ।KP OLi

पोखरा विश्वविद्यालयको सिनेटर बैठक र संसदमा पनि सम्बोधन गर्ने गरी प्रधानमन्त्री पोखरा आउन लागेपछि प्रधानमन्त्रीको सम्वोधनमा अवरोध गर्ने कार्यक्रम कांग्रेसले तय गरेको हो । केन्द्रीय समितिकै निर्णय अनुसार कुनै पनि बैठक सञ्चालन गर्न नदिने कांग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले जानकारी दिएका छन् । ‘केन्द्रकै निर्णयअनुसार अवरुद्ध गर्न लागिएको हो । नेकपालाई जानकारी पनि गराई सकिएको छ’, उनले भने ‘बिहीबारको बैठक चल्न सक्दैन । चल्न नदिने पार्टीको निर्देशन छ ।’

प्रदेशसभा सांसद राजीव पहारीले देशको प्रधानमन्त्रीले प्रदेशको संसदमा सम्बोधन गर्नु एउटा अवसर भएकाले अवरोध नगर्न कांग्रेससँग आग्रह गरेका छन् । ‘देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम अवरोध गर्नु उचित हुँदैन । कांग्रेसका लागि पनि यो एउटा अवसर हो,’ पहारीले भने, ‘कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन नै रोक्नु भन्नु कमिलाको प्वाँख पलाए जस्तै हो ।’ प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाइसकेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७