कालो झन्डा गाडे भट्टराईको घरमा


१८ कार्तिक २०७४, शनिबार
Baburam bhattrai 1 2

काडमाडौं: नयाँ शक्तिको संयोजक डा. बाबुराम भट्टराईको घरमा कालो झन्डा गाडेको छ । गोरखाको पालुङटार नगरपालिकाका खोप्लाङ बेलबासमा रहेको भट्टराईको पुर्ख्यौली रित्तो घरमा शुक्रवार राति अपरिचित समूहले कालो झन्डा गाडेको हो ।

Baburam bhattrai 1 2
नयाँ शक्तिले भने माओवादी केन्द्रले कालो झन्डा राखेको दाबी गरेका छन् । प्रहरीको अनुसार राति मोटरसाइकलमा आएको एक युवाको समूहले ढाडेको बताएका छन् । उक्त झन्डा प्रहरीले फालिसकेका छन् । कसले गाडेको हो अनुसान्धान भइरहेको बताएको प्रहरीले जानकारी दिएको छ । शाही क्षेत्रमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी क्षेठको चुनावी प्रचारप्रसार कार्यक्रम भएको हुनाले नयाँ शक्तिले माओवादी केन्द्रले नै कालो झन्डा गाडेको हुन सक्ने बताएका छन् ।
आसन्न मङ्सिर १० मा हुने निर्वाचनको चुनावी प्रचारप्रसार कार्यक्रममा डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चर्को आलोचना गरागर भएका छन् । चुनाव प्रचरप्रसार कार्यक्रममा भट्टराईले श्रेष्ठलाई माओवादी नभएको आरोप लगाएका छन् । भने, श्रेष्ठले भट्टराईको कुरालाई खण्डन गर्दै अवसरवादी भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७