युभेन्टस गएका रोनाल्डोको सकियो स्वास्थ्य जाँच, रिपोर्टले बनायो सबैलाई चकित


८ श्रावण २०७५, मंगलवार
ronaldo 1

काठमाडौं, ८ साउन । रुस विश्वकपपछि रियल मड्रिड छाडेर इटालियन क्लव युभेन्टस छिरेका क्रिस्टियानो रोनाल्डोको स्वास्थ्य जाँच सकिएको छ । उनको स्वास्थ्य रिपोर्टले दुनियाँलाई चकित बनाएको छ ।ronaldo 1

३३ वर्षीय रोनाल्डोको स्वास्थ्य जाँचको नतिजा आश्चार्यजनक पाइएको छ । धेरैले करिअरको उत्तराद्र्धमा रहेका रोनाल्डोको शक्ति क्षिण बन्दै गएको आंकलन भइरहेका बेला स्वास्थ्य जाँचबाट उनको शारीरिक फिटनेस २० वर्षीय युवकको जस्तै पाइएको छ । स्वास्थ्य रिपोर्टले उनको शरीरिक क्षमता उनीभन्दा १३ वर्ष कान्छो उमेरका युवाहरुकोझै देखाएको छ । उनको शरीर माटोपन, माशंपेसीको शक्ति र गतिका बारेमा अविश्वसनीय तथ्यहरु रिपोर्टमा देखिएको जनाइएको छ । रिपोर्टका अनुसार रोनाल्डोको शरिरको मोटोपनको मात्रा सात प्रतिशत मात्रै पाइएको छ । जुन औषत व्यवसायिक खेलाडीको भन्दा तीन प्रतिशत कम हो ।

यस्तै रोनाल्डोको माशंपेसीमा ५० प्रतिशत शक्ति देखिएको छ । जुन अन्य व्यवसायिक खेलाडी भन्दा औषत चार प्रतिशत बढी हो ।
रुस विश्वकपमा रोनाल्डोको उच्च गति ३३.९८ किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो । जुन अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म मापन गरिएका अन्य खेलाडी भन्दा सबैभन्दा उच्च गति हो ।

म्याड्रिडबाट १०५ मिलियन पाउण्डमा यसै सिजनमा युभेन्ट्स अनुबन्ध भएका रोनाल्डोको सम्पूर्ण स्वास्थ्य जाँच सकारात्मक देखिएको छ । २००९ मा म्यानचेस्टर युनाइटेडबाट ८० मिलियन पाउण्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४५१ गोल गर्दै कीर्तिमान राखेका थिए । पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । ११ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ युभेन्ट्सले रोनाल्डोका लागि रियल मड्रिडलाई तिरेको छ । योसँगै उनी विश्वका चौथो महँगो खेलाडी बनेका थिए । उनीअघि नेमार, केलियन एम्बाप्पे र फिलिप्पे कौटिन्हो विश्वकै महँगो खेलाडीका रुपमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७