शेरबहादुरले देखाएको नैतिकताको सन्देश


८ श्रावण २०७५, मंगलवार
Rss Images 1532425938369 Pro Ktm 07242018 D

-विद्धान कुलुङ

काठमाडौं, ८ साउन । विवादमा तानिएका ओली सरकारका कानूनमन्त्री शेरबहादुर तामाङले सोमबार पदबाट राजीनामा दिंदै गर्दा आफू मात्र भावुक बनेनन्, उपस्थित सबैलाई भावुक बनाए ।Rss Images 1532425938369 Pro Ktm 07242018 D

उनले आफू महिलाप्रति सँधै संवेदनशिल र महिलाको सम्मान गर्ने व्यक्ति रहेको बताउँदै पदमा नरहे पनि महिला हकहितका मुद्दालाई जुनसुकै ठाउँमा पनि उठाइरहने वचन दिए । वास्तवमा कानूनमन्त्रीले वंगलादेशमा अध्ययन गरिरहेका चेलीहरुकै पक्षमा बोल्न खोजेका थिए र हुन् । तर, वंगलादेशमा अध्ययन गरिरहेका नेपाली चेलीहरुले अध्ययनका क्रममा भोग्नु पर्ने समस्यालाई जुन भाषा र शैलीमा अभिव्यक्त गर्नु पर्ने थियो, त्यसमा तामाङले होश पुर्‍याउन नसकेका हुन् ।

तर, उनको अभिव्यक्तिगत कमजोरीको फाइदा उठाउँदै ‘आगोमा घ्यु’ थप्ने काम पनि भएकै हो । जुन कुरा सामाजिक सञ्जालहरुमा छ्याप–छ्याप्ती देख्न सकिन्छ । तर, मन्त्री तामाङले आफ्नो आशय नेपाली चेलीको मानमर्दन गर्न नभए पनि अभिव्यक्तिको असर महसुस गर्दै माफी मात्र मागेनन्, पदबाट नै राजीनामा दिए । मन्त्री तामाङले वंगलादेशमा अध्ययनरत नेपाली चेलीले आफ्नो अस्मितासँग सर्टिफिकेट साट्नु पर्ने आशय दिने अभिव्यक्तिपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यो अभिव्यक्ति सहि मनसायले अभिप्रेरित भए पनि यसले नेपाली चेलीहरुको मनमा नकारात्मक असर पुर्‍याएको भन्दै तत्काल पदबाट राजीनामा दिन तामाङलाई आग्रह ग¥यो ।

मन्त्री तामाङले पार्टीको यो सुझाव र निर्देशनलाई सहज रुपमा स्वीकार गर्दै राजनीतिक जीवनको अहिलेसम्मकै ठूलो जिम्मेवारी मन्त्री पदबाट राजीनामा दिए । उनले यस विषयमा देखिएको जुन भावना छ यसको आफूले सँधै सम्मान गर्ने बताउँदै विदा भए । हो मन्त्री तामाङको अभिव्यक्तिले नेपाली चेलीहरुको मनमा असर पुर्‍यायो नै । तर, मन्त्री तामाङले महिला हक अधिकारका कुरालाई स्थापित गराउन पनि धेरै योगदान दिएका छन् । त्यसैले तामाङ राजनीतिक प्राणी हुन्, उनले नेपाली राजनीति र नेपाली समाजको उन्नति र प्रगतिका लागि धेरै कुरा गर्न सक्छन्, त्यो क्षमता शेरबहादुर तामाङमा छ ।

यसलाई नेपाली चेलीहरुले पनि महसुस गर्नु भएको छ । तर, जुन अभिव्यक्तिका कारण सहज रुपमा मन्त्री पदबाट तामाङले राजीनामा दिए यो नेपाली राजनीतिका लागि पनि नैतिक सन्देश हो । पद पाएपछि आलोचित बनिरहँदा समेत कुर्सी छोड्न नमान्ने वा गाह«ो मान्ने नेपाली राजनीतिमा कानूनमन्त्री तामाङको यो सहज बर्हिगमन नेपाली राजनीतिका लागि असल सन्देश, असल सभ्यता भने पक्कै हो । आफू आवद्ध पार्टीको एक निदेशनकै भरमा उनले जुन राजनीतिक सम्भयता देखाए यसबाट नेपालका सबै राजनीतिक दलले पाठ सिक्नु पर्छ । यदि तामाङ आत्मालोचित नबनेका भए वा आलोचनालाई ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्नेतिर लागेको भए यो विषय समयसँगै मत्थर बन्ने पनि थियो होला । तर, सर्वहारा वर्गको हितका लागि इमानको राजनीति गर्दै आएका तामाङले त्यसो गरेनन् । बरु नागरिकको भावनाको सम्मान गर्दै मन्त्री पद नै माया मारे ।

मन्त्री तामाङ मात्र होइन, यसअघिका धेरै सरकारका मन्त्रीहरु पनि आफ्नो बोली र व्यवहारका कारण आलोचित बनेका छन् । यसरी आलोचित बनेका धेरै मन्त्रीहरुमध्ये अधिकांशले सहज रुपमा खाइपाई आएको मन्त्री पद त्याग्न झट्ट अघि सरेनन् । तर, तामाङले जनताको भावनामा आनाकानी गरेनन् । राजीनामा दिए । उनको अभिव्यक्ति असल लागेन होला, तर उनले दिएको यो राजीनामा असल राजनीतक संस्कार भने पक्कै हो । तामाङको राजीनामा अन्तर्राष्ट्रिय राजनीतिक संस्कारयुक्त देखियो । तामाङको राजीनामा स्वयम् तामाङका लागि मात्र फलदायी भएको छैन, सरकारका लागि समेत एक असल नजिक पालना गराउने सरकार भनेर आफूलाई गर्वका साथ सुनाउने अवसर भएको छ । कम्युनिष्ट सरकार जनताको मन जितेर बन्छ र जब जनताबाट आलोचित भइन्छ तव जनभावनाको कदर गर्दै आफ्नो ठाउँमा फर्किनु पर्छ भन्ने कुरालाई पनि यसले सिद्ध गरेको । जुन कुरा कांग्रेस सरकारमा देख्न निकै कठिन हुन्छ र हुनसक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७