गृहमन्त्री बादलले भने, ‘प्रकाण्ड ‘अपराधी’ नै हो’


२५ श्रावण २०७५, शुक्रबार
badal2

चितवन, २५ साउन : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले घुमाउरो भाषामा नेकपा विप्लव समूहका प्रवक्ता प्रकाण्ड ‘अपराधी’ भएको दाबी गरेका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरु कुराकानी गर्दै गृहमन्त्री वादलले प्रकाण्ड गैरकानुनी काममा संग्लन भएकोले पक्राउ गरिएको बताए । भने, ‘प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए । चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको हो ।’

badal2

पत्रकारहरुले प्रकाण्ड अपराधी हुन् त ? भनेर सोधेको प्रश्नमा बादलले भने, ‘जसले कानुनलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं ।’ गृहमन्त्रीले प्रकाण्ड प्रहरीको ‘मोष्टवान्टेड’ सूचीमा रहेको बताए । भने,‘उनलाई चन्दा आंतक र राज्यलाई विध्वंश गरेको अभियोगमा ‘मोष्टवान्टेड’ सूचीमा प्रहरीले राखेका थिए । त्यसैले कसैलाई पनि अपराध गर्ने छुट छैन ।’

तपाईंकै निर्देशनमा पक्राउ गरिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले ‘अहिलेको गृहमन्त्री बादल हो, अपराध नियन्त्रण गरी जनतालाई सुशासन र शान्ति सुरक्षा दिने दायित्व गृहमन्त्रीको हो,’ भन्ने जवाफ दिए । राजनीतिक रुपमा समस्या समाधान गर्न सरकार वार्ता र संवादका लागि पनि तयार रहेको मन्त्री बादलको भनाई छ ।

‘इन्काउण्टर’ ‘फेक’ होइन
उनले काठमाडौंको भक्तपुरमा भएको प्रहरी ‘इन्काउण्टर’ फेक नभएको स्पष्ट पारे ।
काँडाघारीका ११ वर्षीय निशान खड्काको अपहरण र हत्यामा संलग्न गोपाल तामाङ र अजय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर पनि ‘इन्काउण्टर’ का नाममा हत्या गरेको तामाङका परिवारले आरोप लगाईरहेका बेला गृहमन्त्री थापाले उनीहरुको मृत्यु ‘फेक’ नभई ‘इन्काउण्टर’ नै भएको बताएका हुन् ।

चितवनमा आयोजित जुनियर प्रहरी अधिकृतहरुको दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले सरकारले अपहरणकारी र हत्यारालाई २४ घण्टा नबित्दै निस्तेज बनाएको दाबी गर्दै भने ‘प्रहरीसँगको मुठभेडमा मारिएकालाई ‘फेक’ भन्नु घटनालाई अतिरञ्जित बनाउनु मात्र मात्र हो ।’

प्रहरीले सोमबार ११ वर्षीय निशान खड्काको अपहरण र हत्यामा संलग्न गोपाल तामाङ र अजय तामाङलाई भक्तपुरको सूर्यविनायक नजिकको पाइलट बाबा जाने जङ्गल क्षेत्रमा गोली हानेको थियो । यता तामाङ परिवारले भने अजय र गोपालको ‘इन्काउण्टर फेक’ भएको भन्दै मानवअधिकार आयोगमा उजुरी समेत हालेका छन् । गृहमन्त्री थापाले बिहीबार मात्र उक्त घटनाको सरकारले छानविन गर्ने वचन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७