मेगा बैंकका ग्राहकलाई स्टार अस्पतालमा १५ प्रतिशतसम्म छुट


२८ श्रावण २०७५, सोमबार
1534159251mega star

काठमाडौँ, साउन २८: मेगा बैंकका ग्राहकलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने भएको छ।

1534159251mega star

बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र अस्पतालका प्रमुख संचालन अधिकृत डा। सन्देश जिसीबीच सोमबार मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा छुट सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सोही सम्झौता बमोजिम मेगा बैंकका ग्राहकहरुलाई स्टार अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने भएको हो।

सम्झौता अनुसार बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले स्टार अस्पतालमा उपचार गराउँदा आइसीयू, क्याबिन र वार्डमा १५ प्रतिशतसम्म छुट पाउने छन्।

यसैगरी, ल्याब टेष्ट, एक्सरे, इसिजी, इन्डोस्कपी, क्लोनोकपी, यूएसजी, इइजी, सिटी स्क्यान, पीएफटी लगायतका परीक्षण, औषधि र शल्यक्रियामा १०–१० प्रतिशत छुट पाउने छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७