यी १४ स्थानमा ओली र प्रचण्डले संयुक्त सम्बोधन गर्ने


२४ कार्तिक २०७४, शुक्रबार
Kp oli and Prachand 1

काठमाडौं: आसन्न मङ्सिर १० र २१ गते सम्मपन हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका १४ स्थानमा संयुक्तरुपमा सम्बोधन गर्ने भएको छ ।

Kp oli and Prachand 1
वाम गठबन्धनद्वारा आयोजना गर्ने देशका प्रमुख १४ सथानमा दुवै नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
स्रोतका अनुसार ओली र प्रचण्डले कात्तिक २९ देखि मङ्सिर ९ गतेसम्म देशबम विभिन्न १४ सहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
दुवै नेताले पूर्वदेखि पश्चिमका महत्त्वपूर्ण सहरमा वाम गठबन्धनद्वारा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने भएको हो ।
सूचनाको अनुसार दुवै नेताले कात्तिक २९ गते गोरखा, कात्तिक ३० गते बागलुङ र स्याङ्जामा संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै मङ्सिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मङ्सिर ५ गते चितवन, मङ्सिर ६ गते बुटवल र दाङ, मङ्सिर ७ गते सुर्खेत र दैलेख रहेका छन् ।
भने, मङ्सिर ८ गते कैलाली र कञ्चनपुर तथा मङ्सिर ९ गते पोखरामा दुवै नेताले संयुक्त सम्बोधन गरेर टुङग्याउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७