शिक्षक सेवा आयोग : फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने, अब वर्षेनी विज्ञापन हुने


२१ भाद्र २०७५, बिहीबार
teacher aayog

काठमाडाैं, २१ भदौ । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ ।

teacher aayog

यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्या्दित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिए ।

‘परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि हामीले ‘होम सेन्टर’ हटाएका हौं’, उनले भने, ‘परीक्षार्थीले जुन जिल्लाबाट फारम भरेका छन् सोही जिल्ला नभई अर्को जिल्लामा गई परीक्षा दिनुपर्ने छ ।’

परीक्षा सञ्चालन गर्नुभन्दा अगाडि आयोगले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालीम दिनेछ । आयोगले असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षा तोकेको छ ।

तीनै तहको परीक्षाको लागि करीब २२५ परीक्षा केन्द्र तोकिने भएको छ । उपसचिव आचार्यले २२५ परीक्षार्थी बराबर एक परीक्षा केन्द्र हुने बताए ।

एउटा परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र ११ निरीक्षक रहने छन् । परीक्षामा २० परीक्षार्थी बरावर एक निरीक्षकको व्यवस्था गरिएको उनले बताए ।

उपसचिव आचार्यले ७७ जिल्लाबाट फारम भर्ने व्यवस्था गरे पनि ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुने बताए । सुरक्षा तथा यातायातको सुविधा हेरेर ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुनेछ । आयोगले परीक्षाका लागि उत्तरपुस्तिका समेत पठाउन थालेको छ ।

आयोगका अनुसार अहिलेसम्म मध्यपश्चिम, पश्चिमाञ्चल र सुदूरपश्चिममा उत्तरपुस्तिका पठाइसकेको छ ।

उही जिल्लाबाट परीक्षा दिदाँ परीक्षार्थीले चिनेका केन्द्राध्यक्ष वा निरिक्षक हुने भएकोले चलखेल हुने आशँका सहित आयोगले जिल्ला फेरवदल गरेको हो ।  अहिले परीक्षा केन्द्र रहने जिल्ला मात्रै तय गरिएको र कुन विद्यार्थी कुन केन्द्रमा भन्ने कुरा पछि तोकिने आयोगले जनाएको छ ।

आयोगले परीक्षा केन्द्र तोकेका ३४ जिल्लामा ईलाम, झापा, मोरङ्, सुनसरी, उदयपुर, सप्तरी, सिराह, सिन्धुली, धनुषा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर छन् ।

वर्षेनी विज्ञापन गरिने

यस्तै, चितवन, पर्सा, गोर्खा, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी र रुपन्देहीमा केन्द्र तोकिएको छ । यस्तै कपिलबस्तु, पर्वत, प्यूठान, दाङ् सुर्खेत, बाँके, बर्दिया, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुरमा परीक्षा केन्द्र तोकिएको छ ।

केही जिल्लाका परीक्षार्थीलाई असुविधा हुने हुँदा सोही जिल्लामा केन्द्र निर्धारण गर्न माग भए पनि परीक्षाको मर्यादा कायम गर्न आवश्यक भएकोले त्यसो गर्न नसकिएको आयोगका प्रशासकीय प्रमुख डा। तुलसी थपलियाले बताए ।

‘खास गरी हुम्लाका सवालमा यस्तो कुरा आएको थियो, तर हामीले परीक्षाको मर्यादा र विश्वसनीयता कायम गर्न पनि उक्त निर्णय गर्न सकेनौुं उनले भने, ‘हुम्लाबाट फारम भर्नेहरु मध्ये कतिपय परीक्षार्थी बाहिरी जिल्लाका पनि छन्, उनीहरुलाई पनि हेक्का गर्नु पर्ने देखियो ।’

हुम्लासहित कर्णालीको परीक्षा केन्द्र सुर्खेत तय गरिएको उनले बताए ।

यो पनि पढ्नुहोस्
देशभरका उत्कृष्ट शिक्षकलाई ‘राष्ट्रिय शिक्षक पुरस्कार, को–को भए पुरस्कृत ?
शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ ? यसो गर्नुस् सफलता निश्चित
प्रश्नपत्र आउट गर्ने प्राध्यपक भट्टराईले दिए राजीनामा

यस्तै आयोगले अबको एक हप्ता सबै परीक्षा हुने जिल्लामा उत्तरपुस्तिका पठाइसक्ने छ । कूल १२ हजार ७५६ पदका लागि दुई लाख ७७ जना परीक्षार्थी रहेका छन् ।

आयोगले गत जेठ/आषाढ महिनामा माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहको कुल १२७३९ शिक्षक पद खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमद्वारा पूर्तिका लागि खुल्ला गरेकाे  विज्ञापनमा  झण्डै २ लाख ७९ हजार परीक्षार्थीले दरखास्त फाराम  भरेकाे जनाएकाे छ ।  

अायाेगले ७५ वटै जिल्लाहरुबाट दरखास्त फाराम संकलन गर्ने व्यवस्था समेत  मिलाएको थियो ।

आयोगले तोकेको परीक्षा केन्द्रको विस्तृत विवरण

यसै गरी आयोगले अबदेखि वर्षेनी विज्ञापन गर्ने तयारी गरेको छ । रिक्त शिक्षकको दरबन्दी मगाएर वर्षेनी विज्ञापन गरी पदपूर्ति गरिने आयोगले जनाएको छ ।

आयोगले अहिले परीक्षा सकाएर शिक्षक अनुमतिपत्रको विज्ञापनपछि चैतमा पुनः शिक्षकको विज्ञापन गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७