दीपा राई पुनको ‘मायाको सागर’ सार्वजनिक


३० भाद्र २०७५, शनिबार
deepa rai pun
कवि दीप पुन ।

काठमाडौं, भदौ ३० गते । जीवन भोगाईका अनुभूतिहरुलाई शब्दमा उतार्न सक्ने लेखक हुन् दीपा राई पुन । पाचँथरको रवीमा जन्मिएर झापाको दमकमा हुर्किएकी उनी अहिले प्रवासमा छिन् ।

deepa rai pun

सानैदेखि नाचगानका साथै लेखनमा रुची राख्ने उनले कविता, कथा र गीत लेखिरहेकी छिन् । ‘उ तिम्रो सपनाको म (२०६८)’, ‘स्पन्दनका रागहरू (२०७०)’ र ‘छुटेको बागदाता (२०७२)’ गरी हालसम्म तीनवटा कविता सङ्ग्रह र फुटकर रूपमा सैयौं कविताहरू प्रकाशित भइसकेका उनले ‘प्रतिरुप’ गीति एल्बम सार्वजनिक गरिसकेकी छिन् ।

नेपालमा पुष्प व्यवसायीकी रूपमा समेत परिचित उनले २००९, २०१० र २०११ मा उत्कृष्ट पुष्प व्यवसायीको पुरस्कार समेत पाएकी थिइन् ।

हाल अमेरिका बस्दै आएकी उनले पछिल्लो समयमा सांगतिक क्षेत्रलाई प्राथमिकता दिइरहेकी छिन् । उनले ‘प्रतिरुप’ एल्बम भित्रका गीतहरुको म्युजिक भिडियो सार्वजनिक गरिरहेकी छिन् । केहि समय अघि मात्र चर्चित गायिका मेलिना राईको स्वरमा रहेको ‘तिमी मेरो, म तिम्रो’ गीतको म्यूजिक भिडियो सावर्जनिक गरेकी थिइन् ।

उनले यसैक्रममा आज(शनिबार) ‘प्रतिरुप’ एल्बमको मेलिना राईकै स्वर रहेको ‘मायाको सागर’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतको संगित राजेश थापाले गरेका छन् ।


वर्तमान यान्त्रिक समाजमा सम्बन्धहरू खुकुलो हुँदै गएको यथार्थलाई भिडियोमा चित्रण गरिएको छ । विदेशमा जानका लागि गरिने कागजी विवाहका कारण हुने पीडालाई मार्मिक ढङ्गले उतारिएको छ ।

भिडियोलाई खगेन्द्र पान्दक लिम्बुले निर्देशन र सह–निर्देशन बिबी लिम्बुले गरेका छन् । भने म्यूजिक भिडियोमा सविना गोपाली, शैलेन्द्र बस्नेत, प्रकाश लिम्बु र लिला खड्काले फिचरिङ  गरेका छन्र भने ।  बिबी लिम्बु र प्रशु लिम्बुले छायांकन गरेका छन् ।

यो पनि पढ्नुहोस्
कविका रूपमा परिचित दीपा राई पुनको तेस्रो म्युजिक भिडियो सार्वजनिक
कवि दीपा राई पुनको गीति एल्बम ‘प्रतिरुप’ सार्वजनिक  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७