लुका मोड्रिच र मार्टालार्इ फिफा वर्ष खेलाडीको उपाधि, कसले के–के जिते ?


९ आश्विन २०७५, मंगलवार
Luka Modric fifa best player AWARD 20180924202615 and marta

काठमाडौँ , ८ असाेज ।  क्रोएसियाका प्रतिभावान फुटबलर लुका मोड्रिच सन् २०१८ को फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् ।

लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा शीर्ष तीन स्थानमा रहेका रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहमद सलाहपछि पार्दे ३३ वर्षीय मोड्रिचले जितेका हुन् ।

मोड्रिचले यो उपाधि जितेसँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीबीचको साम्राज्य पनि तोडिएको छ । मोड्रीचले गत सिजन क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए भने च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

मोड्रीच फिफा विश्वकपको गोल्डेन बल विजेता पनि रहेका थिए । मोड्रीचले अर्जेन्टिनाविरुद्ध विश्वकपमा स्तरीय गोल गर्दै आफूलाई मिडफिल्डबाट गोल गर्न सक्ने क्षमता पनी देखाएका थिए ।

स्पेनिस क्लब रियल मड्रिडबाट व्यसायिक फुटबल खेल्दै आएका मोड्रिच मिडफिल्डबाट स्ट्राइकरलाई बल पास गर्ने मेशिन नै मानिन्छन् । अर्कातिर उनी आफैँ पनि जुनसुकै बेला विपक्षी पोस्ट्मा धावा बोल्न माहिर फुटबलर हुन् । मोड्रिचको प्रेरणामा स्पेनिस क्लब रियल मड्रिडले यो वर्षसहित लगातार तीन पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । सन् २०१७/१८ सिजनको च्याम्पियन्स लिग उपाधि जित्ने क्रममा रियलले लिभरपुललाई पराजित गरेको थियो ।

यसैगरी रोनाल्डोले च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा त्यस प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा भने रोनाल्डोले खासै राम्रो प्रदर्शन गर्न सकेन । रोनाल्डोले विश्वकपमा स्पेनविरुद्ध गोल गर्नुबाहेक खासै स्तरीय छाप बसाउन सकेनन् ।

सलाह भने लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए । उनले प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए । उनले पनि राष्ट्रिय टोलीलाई विश्वकपसम्म पुर्याए तर विश्वकपमा भने चोटका कारण राम्रो प्रदर्शन गर्न सकेनन् ।

क्रिस्टियानो रोनाल्डो (विंगर)

देश :  पोर्चुगल
क्लब : रियल म्याड्रिड र युभेन्ट्स
सफलता : च्याम्पियन्स लिग विजेता, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता, फिफा क्लब विश्वकप विजेता

लुका मोड्रीच (मिडफिल्डर)
देश : क्रोएसिया
क्लब : रियल म्याड्रिड
सफलता  : च्याम्पियन्स लिग विजेता, फिफा क्लब विश्वकप विजेता, विश्वकपको फाइनलमा कप्तान, विश्वकपको गोल्डेन बल विजेता

मोहमद सलाह (विंगर)
देश : इजिप्ट
क्लब :लिभरपुल
च्याम्पियन्स लिग फाइनल खेलेको, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्तामा दोस्रो स्थान, प्रिमियर लिगको सर्वाधिक गोलकर्ता

डेसच्याम्प्स बने उत्कृष्ट प्रशिक्षक
फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डीडीएर डेसच्याम्प्सले उत्कृष्ट प्रशिक्षकको उपाधि जित । फ्रान्सका जिनेदिन जिदान र क्रोएसियाका ज्लाट्को डालीचलाई पछि पार्दे उनले उपाधी जिेतका हुन् । उनले फ्रान्सलाई रुसमा विश्वकप उपाधि दिलाएका थिए ।

जिदानले रियल म्याड्रिडमा रहँदा लगातर तेस्रो च्याम्पियन्स लिग जिताएका थिए । डालीचले भने क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउन अहम भूमिका खेलेका थिए । उपाधि विजेता डेसच्याम्प्सलाई फ्रान्सेली प्रशिक्षक आर्सेन वेंगरले विजयी ट्रफी प्रदान गरेका थिए ।

फ्रान्सलाई दोस्रो पटक विश्वकप विजेता बनाएका प्रशिक्षक डेसच्याम्प्सले सन् १९९८ पनि विश्वकप जितेका थिए । उनी त्यसबेला टोलीका कप्तानको भूमिकामा थिए । उनले सन् २०१६ को युरोपेली च्याम्पियनसिपको फाइनलमा पोर्चुगलविरुद्ध पराजय भोगेपनि विश्वकपमा भने अपराजित रहँदै उपाधि दिलाए ।

कोर्टूवा उत्कृष्ट गोलरक्षक
फिफाको ‘द बेस्ट’ अवार्ड समारोहमा रियल म्याड्रिडका गोलरक्षक थिअबाउट कोर्टूवाले उत्कृष्ट गोलरक्षकको उपाधि जिते । उनले उपाधि जित्ने क्रममा फ्रान्स तथा टोटेनहम हट्सपरका कप्तान ह्युगो लोरिस र लेस्टर सिटीका गोलरक्षक कास्पर स्माइकललाई पछाडी पारे ।

उनले बेल्जियम राष्ट्रिय टोलीलाई विश्वकप सेमिफाइनलसम्म पुर्याएका थिए । भने यसै सिजन स्पेनिस टोली रियल म्याड्रिड पुगेका कोर्टूवाले चेल्सीबाट पछिल्लो सिजन राम्रो प्रदर्शन गरेका थिए । लोरिसले फ्रान्सलाई विश्वकप उपाधि दिलाउँदा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

सलाहलाई उत्कृष्ट गोलको उपाधि
लिभरपुलका विंगर तथा इजिप्ट राष्ट्रिय टोलीका मोहमद सलाहले फिफा पुस्कास अवार्डको उपाधि जितेका छन् । उनले झन्डै ३८ प्रतिशत मत प्राप्त गर्दै उपाधि जितेका हुन् ।

फिफा पुस्कस अवार्ड वर्षको उत्कृष्ट गोल गर्ने खेलाडीले प्राप्त गर्ने प्रावधान छ । सलाहले उक्त गोल गत सिजन एभरटनविरुद्ध एफए कप खेलमा गरेका थिए । झन्डै ५ करोड मत आएकोमा सलाहले सर्वा्धिक मत प्राप्त गरेका थिए ।

हालसम्म यो अवार्ड क्रिस्टियानो रोनाल्डो, नेयमार, हामेस रोड्रीग्वेज, ज्लाटन इब्राहिमोभिच, ओलिभिर्ए ्जिरुड लगायतका खेलाडीले जितेका छन् । यसपटक पनि मनोनयनमा रोनाल्डो, लिओनेल मेसी र ग्यारेथ बेल रहेका थिए ।

मनोनयनमा परेका गोलकर्ता र खेल
ग्यारेथ बेल (रियल म्याड्रिड विरुद्ध लिभरपुल)
डेनिस चेरेसेभ (रुस विरुद्ध क्रोएसिया)
लाजरोस क्रिस्टोडोलोपोलस (एथेन्स विरुद्ध ओलाम्पियाकोस)
राइली मक्ग्री (न्युकासल जेट्स विरुद्ध मेलबर्न सिटि)
जिओर्जियन डे अरसकेता (क्रुजेरियो विरुद्ध अमेरिका मिनिएरो)
बेन्जामिन पभार्ड (फ्रान्स विरुद्ध अर्जे्न्टिना)
लिओनेल मेसी (नाइजेरिया विरुद्ध अर्जे्न्टिना)
रिकार्डो करेज्मा (इरान विरुद्ध पोर्चुगल)
क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स विरुद्ध रियल म्याड्रिड)
मोहमद सलाह (लिभरपुल विरुद्ध एभरटन)

लेन्नार्टलाई फेयर प्ले अवार्ड
डच क्लब भीभीभी भेन्लोका खेलाडी लेन्नार्ट थिले फेयर प्ले अवार्ड प्राप्त गरेका छन् । उनले एक समर्थकलाई रगत दिनुपर्ने अवस्थामा क्लबको महत्त्वपूर्ण खेल छाडेर समर्थकको ज्यान बचाएका थिए । उनको यो कार्यपछि नेदरल्यान्ड्समा रक्तदान गर्नेको संख्या पनि बढेको उनले बताए ।

फिफाको उत्कृष्ट ११ खेलाडी छनौट
फिफाले उत्कृष्ट ११ खेलाडी सार्वजनिक गरेको छ । टोलीको गोलरक्षकमा स्पेन तथा म्यानचेस्टर युनाइटेडका डेविड डे हेया रहेका छन् । डिफेन्सको जिम्मेवारीमा रियल म्याड्रिडको वर्चस्व रहेको छ । पीएसजीका ब्राजिलियन डिफेन्डर ड्यानीएल आल्भेससँगै रियलका डिफेन्सत्रय सर्जियो रामोस, राफेल भारान र मार्सेलोले रक्षापंक्ति सम्हालेका छन् । मिडफिल्डमा भने मुख्य उपाधि विजेता मिडफिल्डर लुका मोड्रीच र एनगोलो कान्टेको जोडी रहेको छ ।

आक्रामक मिडफिल्डमा बेल्जियमका कप्तान इडेन हाजार्ड छन् । उनलाई बार्सिलोना तथा अर्जे्न्टिनी राष्ट्रिय टोलीका कप्तान लिओनेल मेसीले साथ दिएका छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेले आक्रमणको जिम्मेवारी सम्हाल्नेछन् ।

सल्लाह परेनन् उत्कृष्ट ११ मा
लिभरपुलका मोहमद सलाहले फिफा अवार्डको सुरुआतमा उत्कृष्ट गोल गरेवापत फिफा पुस्कास अवार्ड तथा उत्कृष्ट खेलाडीको टप ३ मा परे पनि उत्कृष्ट ११ मा भने परेनन् ।

शीर्ष तीनमा नपरेका बार्सिलोनाका फरवार्ड लिओनेल मेसीलार्इ भने कप्तानकै जिम्मेवारी दिइएकाे छ ।  सल्लाह विश्वकै उत्कृष्ट तीन खेलाडीमा पर्दा उत्कृष्ट ११ मा पर्न नसक्नुले भने फिफाको प्रक्रिया आलोचित बनेको छ ।

मेसी र रोनाल्डो अवार्ड समारोहमा पुगेनन्
अवार्ड समारोहमा मेसी र रोनाल्डो गएनन् । उत्कृष्ट ११ मा परेका उनीहरु बाहेकका ९ जना खेलाडी नै उपस्थित रहेका थिए । दुवै खेलाडीको अनुपस्थितिले अवार्ड समारोह केहि खल्लो भएको थियो ।
कार्यक्रम संचालक सेलिब्रेटी इद्रिस अल्बाले दुवै खेलाडी उपस्थित नहुँदा पटक पटक व्यंग्य प्रहार गरेका थिए । यसअघि रोनाल्डो युरोपेली उत्कृष्ट खेलाडीको मनोनयनमा परेर पनि अवार्ड समारोहमा सहभागि भएका थिएनन् ।

मार्टाले जितिन् महिला उत्कृष्ट खेलाडीको उपाधि
ब्राजिलियन राष्ट्रिय टोली तथा ओर्लान्डो प्राइडकी खेलाडी मार्टाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितिन् । उनले लियोनबाट खेल्दै आएका अद हेगरबर्ग र जेनिफर मारोज्सालाई पछि पार्दे उपाधि जितेकी हुन् ।


मार्टाले महिला कोपा अमेरिका उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।

पेड्रोसलाई द बेस्ट महिला प्रशिक्षक

फ्रान्सेली क्लब लियोनका रेनाल्ड पेड्रोसले उत्कृष्ट महिला प्रशिक्षकको उपाधि जितेका छन् । उनले आफ्नो टोलीलाई घरेलु लिगका साथै च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । उनले यसक्रममा एसियन कप जितेकी जापानी प्रशिक्षक आसाको ताकाकुरा र नेदरल्यान्ड्सकी सरिना विएगमानको चुनौती परास्त गरेका थिए ।

पेरुलाई उत्कृष्ट समर्थक उपाधि
रुसमा भएको विश्वकपका दौरान लामो दुरी पार गरेर झन्डै ४० हजारको संख्यामा रुस पुगेका पेरु राष्ट्र्रिय फुटबल टोलीका समर्थकले उत्कृष्ट समर्थकको उपाधि हात पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७