दशैं मान्न आइन भने घर
यसपालिको दशैं मान्न आइन भने घर
नठान्नु है यो गोवर्धनभयो परपर
मनभरी गाउँको माया पाली राखेको छु
सपनीमा आउछन सधै पिपलु र वर
जिन्दगीको रीति यस्तै भोग्नै पर्ने रैछ
कर्मसंगै भाग्य माथि राखनै पर्ने भर
कहिले काही रिस उठछ आफ्नै भाग्यदेखि
जव मन शान्त हुन्छ लाग्न थाल्छ डर
तिम्रै नाममा भयो दैव मेरो जीवन सारा
दिन्छौ खुशी राजी छु म दुख नदेऊ तर
गोवर्धन ‘पूजा’
हाल : बोस्टन, अमेरिका