नेकपाको चियापान डा. भट्टराईद्वारा बहिष्कार, लेखे, ‘…त्यसैले म आउन सकिनँ ! जय होस्’


१० कार्तिक २०७५, शनिबार
Baburam Bhattarai

काठमाडौं, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरे  चियापान कार्यक्रम नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बहिष्कार गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चियापान कार्यक्रममा लाग्ने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुने भन्दै आफू उपस्थित हुन नसक्ने बताएका हुन् ।

उनले चियापानको निम्तो पठाउँदा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नाममा निमन्त्रणा पत्र, अध्यक्षद्वयको अलग–अलग नाममा र पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको नामको शुभकामना एउटै खाम पठाएको समेत बताएका छन् ।

उनले ट्वीटरमा लेखका छन्, ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद ! तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना ! गरीब देशको सर्वहारावर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ ! जय होस् ।’

नेपालीहरुको महान चाड दशैं, दीपावली, छठ र नेपाल सम्वतको अवसरमा नेकपाले भृकुटीमण्डपमा मध्याह्न शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेता, कार्यकर्ता, कुटनीतिज्ञ, खेलाडी, कलाकारसहित ५० हजार जनालाई निम्तो दिइएको छ । तर नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई भने उपस्थित नहुने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७