प्रधानमन्त्रीबारे भ्रामक समाचार लेख्ने एकजना पक्राउ


१३ कार्तिक २०७५, मंगलवार
crime photo 20181030141847

काठमाडौं,१३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको विषयमा भ्रामक समाचार लेखेर प्रकाशन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार प्रहरीले पाथिभरा अनलइन डटममा भ्रमपूर्ण समाचार प्रकाशित गर्ने स्याङजा घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई पक्राउ गरेको हो।

मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही हुने महाशाखाका प्रवक्ता एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए । त्यस्तै महाशाखाले यसप्रकारका समाचार सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७