राष्ट्र बैंक पुनर्निर्माण : पप्पु जोडिँदा योजना अलपत्र
काठमाडौं, २९ कातिक । ठेकेदार टुंगो नलाग्दा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन पुननिर्माण योजना रोकिएको छ ।
प्राप्त बोलपत्रमध्ये सबभन्दा कम रकम कबुल्ने पप्पु कन्स्ट्रक्सन प्रालि विवादमा तानिएपछि थप निर्णय हुन सकेको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले ठेक्का टुंग्याउन नसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जिम्मा लगाएको थियो । कार्यालय समेत एक महिना भन्दा बढी समयदेखि अनिर्णीत छ ।