सर्वोच्चकाे आदेश एनालग प्रविधिका टिभी च्यानल बन्द नगर्नू
काठमाडौं: हिजो मंसिर १५ गतेसम्मका लागि सरकारको निर्णय कार्यान्वयन नगर्न न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले सोमबार अन्तरिम आदेश जारी गरीएको हो।
सर्वोच्चले दुई पक्षलाई १५ गतेका लागि छलफलका लागि बोलाउने आदेश समेत गरेको छ। टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णयविरुद्ध आइतबार राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्वारा रिट निवेदन दायर गरिएको थियो।
सरकारको निर्णयले नागरिकको सूचनाको हकको हनन भएको उल्लेख गर्दै संविधानविपरीत उक्त निर्णय खारेज गर्न आदेशको माग निवेदनमा गरिएको थियो। डिजिटल प्रणालीको बहानामा विदेशी सेटअप बक्स किन्न लगाएको उल्लेख गर्दै सरकारले यसबाट मोटो रकम कमिसन खाने नियत रहेको रिट निवेदनमा दाबी गरिएको छ।